धादिङबेसीमा डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता तालिम सम्पन्न

धादिङ, भदौ ३ गते ।
धादिङबेसीमा दुई दिने डिजिटल बैंकिङसम्बन्धी अभिमुखीकरण तथा वित्तीय तालिम सम्पन्न भएको छ। एक्सन नेपालको आयोजनामा र डि.सि.ए. को आर्थिक सहयोगमा सम्पन्न तालिम एफोर्ट परियोजना अन्तर्गत सञ्चालन गरिएको हो ।
तालिममा नीलकण्ठ नगरपालिकाभित्रका ५० जना साना तथा मझौला कृषि उद्यमीको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरुलाई आधारभूत बैंकिङ, वित्तीय साक्षरता, डिजिटल बैंकिङसम्बन्धी ज्ञान प्रदान गरिएको थियो।
एक्सन नेपालका कार्यकारी निर्देशक कमलराज ढुंगानाका अनुसार महिला र युवालाई कृषि व्यवसायमा प्रोत्साहन गर्ने उद्देश्यसहित नगरपालिकाको मेयर उद्यमशीलता कार्यक्रम मार्फत छनोट भएका व्यवसायीहरुलाई वित्तीय क्षमतावृद्धि गर्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको हो।
तलिममा ग्लोबल आईएमई बैंक, आरिया प्रविधि कम्पनी र जिओ कृषि कम्पनीले सहजीकरण गर्नुभएको छ । सहभागी उद्यमीहरुले डिजिटल माध्यमबाट घरमै बसेर बैंकिङ सेवा लिन, व्यवसायसम्बन्धी जानकारी हासिल गर्न र समस्या समाधान गर्न सहज भएको अनुभव व्यक्त गरेका छन्। उनीहरूले तालिमले सीप र ज्ञान वृद्धि भई व्यवसाय विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा एक्सन नेपालका महासचिव द्रोणाचार्य सिंखडाले ऋण लिएकाले तोकिएको उद्देश्यअनुसार काम गरिरहेको वा नगरेको अनुगमन गरिने जानकारी दिनुभयो । तालिम समापन कार्यक्रममा सहभागीहरुलाई कृषिमा प्रयोग हुने सामग्रीहरू ‘मायाको कोसेली’ स्वरूप प्रदान गरिएको थियो।
कार्यक्रममा साना तथा मझौला कृषि उद्यमी लगायत नीलकण्ठ नगरपालिकाको कृषि तथा पशु शाखाका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।








लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १२, शनिबार २०:४०सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुनको सरकारी अपार्टमेन्टमा राखिने
समाचार२०८३ बैशाख १२, शनिबार १९:३४धादिङका १३ स्थानीय तहका उपप्रमुख–उपाध्यक्षद्वारा ‘धुनिवेशी घोषणा–पत्र २०८३ जारी
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १८:००तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न
खेलकुद२०८३ बैशाख १२, शनिबार ११:३८सुकुमवासी बस्तीका ६० प्रतिशत संरचना भत्काइयो







