माओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयन

धादिङबेशी ४, भाद्र । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङको जिल्ला कार्यालयको बैठकबाट नयाँ जिम्मेवारी तोकेको छ ।
बैठकले संघ, प्रदेश, पालिका इन्चार्ज तथा संयोजक तोक्ने निर्णय गरेको जानकारी दिएको छ । सो अनुसार क. हरि अधिकारी (आशिष) लाई संघीय क्षेत्र नं. २ को संयोजकको जिम्मेवारी तोकिएको छ भने क. शम्भु कुमार श्रेष्ठलाई नीलकण्ठ नगरपालिकाको इन्चार्ज बनाइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङका इन्चार्ज पुष्क विक्रम मल्ल (सिंह) को हस्ताक्षर सहित सार्वजनिक गरिएको निर्णयमा पार्टीलाई अझ सशक्त र सुदृढ बनाउन नयाँ जिम्मेवारी दिईएको उल्लेख गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र







