लैङ्गिक उत्तरदायी बजेट विषयक अन्तरक्रिया कार्यक्रम धादिङबेसीमा सम्पन्न

धादिङ,५ भाद्र
नीलकण्ठ नगरपालिकाको आयोजनामा महिला जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि लैङ्गिक उत्तदरदायी बजेट विषयक अन्तरक्रिया कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ । सामाजिक विकास समितिका संयोजक मन्जु मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत हरिदत्त कँडेलको विशेष आतिथ्यता रहेको कार्यक्रममा बरिष्ठ लेखा अधिकृत आर्जन श्रेष्ठ लगायत महिला जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको विषय बस्तु,कार्यक्रमको उदेश्य र लैङ्गिक उत्तदायीको विषयमा सामाजिक विकास शाखा अधिकृत उर्मिला थपलियाले जानकारी गराउनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर उप मेयर दिपक विश्वकर्माले नीलकण्लठ गनरपालिकाले लंैगिक उत्तदायी भएर बजेट बिनियोजन गरीरहेको बताउनुभयो । नगरको विकासको लागि महिला तथा पछाडी पारीएका बर्गहरुको उत्थान गर्नुपर्ने भन्दै उहाँले आगामी दिनमा महिला तथा बालबालिकाहरुको क्षेत्रलाई पनि प्राथमिकता दिएर बजेट ल्याउने बताउनुभयो ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले बजेट निर्माणमा लैंगिक दृष्टिकोणलाई समावेश गरी महिला तथा अन्य वञ्चित वर्गका अधिकार सुनिश्चित गर्ने विषयमा सचेतना बढाउनु पर्ने बताउनुभयो । बजेट निर्माण प्रक्रियामा लैंगिक दृष्टिकोणलाई थप प्राथमिकता दिईने कँडेलले बताउनुभयो । सोहि अवरमा नेपाली हिन्दु महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान सहित दर खाने कार्यक्रम समेत सम्पन्न भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक २३, शनिबार २१:३३‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा हवाई उडान प्रभावित
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार १०:५२चलचित्र ‘प्रतिवैरम’ को छायांकन सम्पन्न
खेलकुद२०८२ कार्तिक २३, शनिबार ०९:४२नेपाल दक्षिण अफ्रिकासँग पराजित « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार ०८:१६‘चलचित्र पत्रकार इतिहास देखि वर्तमान सम्म’ लोकार्पित








