राष्ट्रियसभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई सभाले पारित गरेको हो । उक्त विधेयक राष्ट्रियसभाले पुनः सन्देशसहित प्रतिनिधिसभामा पठाउनेछ ।
विसं २०८१ माघ १५ गते गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा नागरिकता (दोस्रो संशोधन) विधेयक दर्ता गराउनुभएको थियो । उक्त विधेयक २०८२ साल असार १४ गते प्रतिनिसिधाबाट पारित भएको थियो ।
त्यसअघि विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले आमाको नामबाट पनि नागरिकता पाउनसक्ने व्यावहारिक व्यवस्थालाई सुनिश्चित गरेको उल्लेख गर्नुभयो । गृहमन्त्री लेखकले भन्नुभयो, “हामीले ऐतिहासिक फड्को मारेका छौँ, यसको जस दुवै सदन र सांसद र सरोकारवालालाई जान्छ । सबैको साझा प्रयत्नले यो सम्भव भएको छ । विधेयकले आमा पनि वंश हो भनेर व्यावहारिक रूपमा सुनिश्चित गरेको छ । कानुनको अभावका कारण आमाको नामबाट नागरिकता दिनसक्ने अवस्था थिएन । अब आमाको नामबाट वंशजको नागरिकता प्राप्त गर्न सकिनेछ ।”
नेपालको संविधानको व्यवस्था अनुरूप कुनै पनि नागरिकलाई नागरिकताप्राप्त गर्नबाट वञ्चित नगर्ने भन्ने भावनाका साथ विधेयक ल्याइएको उहाँले उल्लेख गर्नुभयो । उहाँले विधेयकलाई थप उन्नत, वैज्ञानिक र व्याहारिक र सरलीकृत गरेर पारित गरेकामा सभालाई धन्यवाद दिनुभयो । विधेयकमाथिको छलफलमा सांसदहरू कृष्णबहादुर रोकाया, रेनु चन्द, गोपाल भट्टराई, पूजा चौधरी, मायाप्रसाद शर्मा, पदबबहादुर परियार, बिष्णुबहादुर विश्वकर्मा र सुरेश आलेमगर सहभागी हुनुभएको थियो ।
संवैधानिक व्यवस्थाअनुसार आम नेपाली नागरिकलाई नागकिरता प्राप्तिबाट वञ्चित नहोस् भन्ने उद्देश्यले विधेयक ल्याइएको हो । नयाँ व्यवस्थाअनुसार आमा वा बाबुको नाम राखेर सन्तानले नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १८:५९नेपालमा प्रधानमन्त्री शुशिला कार्कीको आगमन महिला सशक्तीकरणको उत्कृष्ट उदाहरण- मोदी
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार १५:५४गाउँपालिकामा पाँच करोड क्षति दसैँअघि कार्यालय सञ्चालनमा नआउने