पोखरा इन्टरनेटको तीज विशेष अफर, टुँडिखेलको तीज महोत्सवमा पोखरा इन्टरनेटको स्पोन्सर

पोखरा इन्टरनेटको तीज विशेष अफर, टुँडिखेलको तीज महोत्सवमा पोखरा इन्टरनेटको स्पोन्सर

पोखरा ।
पोखरा इन्टरनेट प्रा.लि.ले तीज वर्षको अवसर पारेर तीज विशेष कार्यक्रम ल्याएको छ । अफर अन्तर्गत इन्टरनेट कम्पनीले पोखराको पुरानो टुँडिखेलमा शुक्रबारदेखि शुरु भएको तेस्रो ऐतिहासिक तीज महोत्सवमा इन्टरनेट स्पोन्सर समेत गरेको छ । इन्द्रेणी एकिकृत विकास केन्दको आयोजना हुने उक्त महोत्सव अवधिभर सम्पूर्ण स्थलमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइएको इन्टरनेटकी मार्केटिङ हेड दिपा दुलालले बताइन् ।

यस्तै उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शक र सहभागीहरूले फ्रि वाईफाई सुविधा उपभोग गर्न सक्नेछन् । साथै, पोखरा इन्टरनेटले आयोजना गरेको लक्कि ड्र मार्फत आकर्षक उपहार जित्ने अवसर पनि उपलब्ध हुनेछ । सहभागी हुनका लागि इच्छुक व्यक्तिले आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर पोखरा इन्टरनेटको स्टलमा गई टिपाउनुपर्ने हुन्छ ।

यस लक्की ड्र अन्तर्गत १० दिनसम्म, प्रत्येक दिन एकजनाले ६ महिनासम्मको २०० एमबिपिएस इन्टरनेट सेवा लक्की विजेताको रूपमा प्राप्त गर्नेछन् । विजेताले इन्टरनेट प्रयोग गर्नका लागि केवल रु.३,००० को इन्सटलेसन चार्ज मात्र तिर्नुपर्ने मार्केटिङ हेड दुलाले उल्लेख गरिन् ।
यसबाहेक, रमाइलो वातावरणलाई अझै रोचक बनाउनका लागि सहभागीहरूका लागि गेम जोनमा रिवाड पाउने विशेष अवसर पनि प्रदान गरिएको छ ।

पोखरा इन्टरनेटले निरन्तर रुपमा ग्राहकमैत्री सेवा, सामाजिक उत्तरदायित्व सिएसआर स्थानीय भावनासँगको सम्बन्ध लाई जोडेर सेवा प्रवाह गर्दै आएको छ । यही प्रतिबद्धताको हिस्सा स्वरूप यस तीज कार्यक्रममा सहकार्य गरिएको कम्पनीले जनाएको छ ।

इन्टरनेटले समय समयमा विभिन्न अफरहरु ग्राहक समक्ष प्रदान गर्दै आइरहेको छ । पोखरामा स्थापना भएको पोखरा इन्टरनेटले गण्डकी प्रदशेका सबै जिल्लामा आफ्नो सेवा बिस्तार गरेर इन्टरनेट प्रदान गर्दै आइरहेको छ ।

 

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19368, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   4   =  

Protected by Spam Master