विदुर नगरपालिकाद्वारा लक्षित समुदायको निःशुल्क बिमा

नुवाकोट- सामुदायिक उत्तरदायित्व वहन कार्यक्रम अन्तर्गत नुवाकोटको विदुर नगरपालिकाले लक्षित वर्गका ६ सय धेरै घरपरिवारको स्वास्थ्य बिमा गरिदिएको छ । यसबाट झन्डै तीन हजार जनसङ्ख्या लाभान्वित भएका छन् ।
विदुर नगरपालिकामार्फत नगर भित्रका विपन्न, दलित, सीमान्तकृत तथा आर्थिक रूपले समस्यामा परेका नागरिकहरूका लागि सञ्चालित ’अति विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम’ अन्तर्गत बिमा कार्यक्रम सुरु गरिएको हो । मेयर राजन श्रेष्ठले बिमा प्राप्त व्यक्ति विदुर ५ की सङ्गीता कुँवर र विदुर १३ की प्रेमकुमारी शिव भक्तिलाई स्वास्थ्य बिमा बापतको कार्ड हस्तान्तरण गरेर उक्त कार्यको शुभारम्भ गर्नुभयो ।
उहाँले मानवको स्वास्थ्य सेवा प्रमुख रहेको र यसका लागि विदुर नपाले उक्त अभियान सञ्चालन गरेको बताउनुभयो । मेयर श्रेष्ठले विपन्न, दलित र सीमान्तकृत समुदायलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि बिमा महत्त्वपूर्ण माध्यम भएकोसमेत बताउनुभयो ।
उहाँले स्वास्थ्य उपचारलाई आर्थिक भार नभई अधिकारका रूपमा स्थापित गर्न बिमा योजनाले सहयोग गरेकोसमेत बताउनुभयो । यसलाई प्रभावकारी रूपमा सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
सङ्घीय स्वास्थ्य मन्त्रालय अन्तर्गत विदुर नपाको निर्णय अनुसार विदुरका अति विपन्न घर परिवारका झन्डै तीन हजार सदस्यहरूलाई निःशुल्क स्वास्थ्य बिमा कार्ड वितरण गर्ने कार्य गरिएको हो । कार्यक्रममा मेयर श्रेष्ठले विदुर ५ का लाभग्राहीको बिमा परिचयपत्र एकमुष्ट हस्तान्तरण गरेका छन् ।
बिमितको बिमा कार्यक्रम भदौ १ गतेबाट नै लागू भएकाले अब सेवा लिन पाउने स्वास्थ्य शाखाले जनाएको छ । विदुर नगरपालिकामा रहेका १३ वडाबाट उक्त कार्यक्रम अन्तर्गत ६ सय ७२ घरपरिवारमा आबद्ध २ हजार ६ सय जना भन्दा बढी नगर वासी प्रत्यक्ष रूपमा लाभान्वित भएको स्वास्थ्य शाखाले जनाएको छ ।
यससँगै विदुर नपाले अति विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ गरेको हो । कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले स्वास्थ्य उपचारको पहुँच बाहिर रहेका विपन्न नागरिक उपचार खर्चका कारण थप समस्यामा नपर्ने गरी कार्यक्रमलाई प्रभावकारी बनाइएको दावी गर्नुभयो ।
उनले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन नगरपालिकाले आवश्यक स्रोत परिचालन गर्ने प्रतिबद्धता जनाइन् । उक्त कार्यक्रमलाई विदुर नपाले प्रभावकारी बनाइ आगामी दिनमा लक्षित वर्गलाई थप लाभदायक कार्यक्रम ल्याउने निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद प्याकुरेलले बताउनुभयो ।
यसबाट दलित, विपन्न तथा अति गरिब परिवारलाई निकै राहत मिलेको उहाँले दाबी गर्नुभयो । कार्यक्रममा विदुर नपा १ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक लेनिन रञ्जित, २ का वडाध्यक्ष दीपक कायस्थ, ४ का कावा वडाध्यक्ष छविलाल ओझा, ५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, ९ का वडाध्यक्ष हरे राम भण्डारी, १० का वडाध्यक्ष गणेशकुमार नेपाल, ११ का वडाध्यक्ष बाबुराम तामाङ, १३ का वडाध्यक्ष भरत तामाङ, जनस्वास्थ्य निरीक्षक राजाराम भण्डारी, स्वास्थ्य बिमा कार्यालय नुवाकोटका प्रमुख रोशन बराल, बीमित सेवाग्राही तथा बिमा अभिकर्तासहितको सहभागिता रहेको थियो ।
स्वास्थ्य बिमामार्फत प्रत्येक बीमित परिवारले वार्षिक निश्चित रकमसम्मको उपचार खर्च पाउनेछन् । यसबाट सामान्य उपचारदेखि जटिल रोगको अस्पताल सेवा लिँदा पनि राहत पुग्ने अपेक्षा गरिएको विदुर नपाले जनाएको छ । नगरपालिकाका अनुसार यस कार्यक्रमले विशेष गरी गर्भवती महिला, बालबालिका, वृद्ध वृद्धा र दीर्घ रोगी नागरिकलाई विशेष लाभ पाउनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ४, सोमबार १३:१७घान्द्रुकमा फोहोरमैला सङ्कलन केन्द्र उद्घाटन; दिगो पर्यटनका लागि वातावरण संरक्षणमा जोड
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ४, सोमबार ११:४४उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?
समाचार२०८३ जेष्ठ ३, आईतवार १९:०९गैरी गाउँ माविमा अभिभावक मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
खेलकुद२०८३ जेष्ठ ३, आईतवार १६:१५एनएसएल चौथो संस्करण भदौ २० देखि हुने « रिपोर्टर्स नेपाल








