हैजा संक्रमण रोक्न के गर्ने ? यस्ता छन् सरूवारोग विशेषज्ञ डा.पुनका सुझावहरु (भिडिओसहित)

काठमाडौं, १० भदौ । सरूवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले वीरगञ्जमा फैलिइरहेको हैजाको संक्रमण रोक्नका लागि सबैको इमादारिता आवश्यक रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पानी उमालेर पिउने, दिसा, पिसाब गरिसकेपछि राम्रोसँग हात धुने, खानेकुराहरु बाहिर जथाभावी नखाने, राम्रोसित पकाएर खानेलगायतका उपायहरु अपनाउन आवश्यक रहेको बताए । ‘हामीले अहिलेको लागि पानीहरु उमालेर नै पिउने, दिसा, पिसाब गरिसकेपछि राम्रोसँग हात धुने, खानेकुराहरु बाहिर जथाभावी नखाने, राम्रोसित पकाएर खाने यस्तो कुरामै ध्यान दिनुपर्यो,’– उनले भने ।
साथै, उनले विरगञ्जमा सुरुमा झाडापखला बढ्ने क्रम देखिएको बताउँदै त्यो बेलामा नै ध्यान दिन नसकिएको बताए । सुरुसुरुमै पत्ता लगाउन सकियो भने रोग धेरै फैलिन नपाउने उनको भनाइ छ । हैजा फैलिने माध्यम खानेकुरा र पानी र व्यक्तिगत सरसफाइ नै रहेको उनले बताए । यति कुरामा ध्यान दिन सकियो भने हैजा फैलिनबाट रोक्न धेरै हदसम्म मद्धत पुग्ने उनको भनाइ छ ।
हरेक वर्ष पानीजन्य रोग हैजा, हावाजन्य रोग रुघाखोकी, फ्लुजस्ता रोगहरु देखिनेगरेको उनले बताए । अहिले जापानिज इन्सेफलाइटिसले अर्को तनाव सिर्जना गरिराखेको अवस्था रहेको पनि उनले बताए । यो नेपाल देशको लागि नै चूनौतिको रुपमा रहेको पनि उनको भनाइ छ । हरेक वर्ष नेपाल सरकार पूर्व तयारीमा चुकिरहेको र सबैमा उदासिनता देखिएको उनले बताए । कुनै पनि रोग फैलिहाल्यो भने त्यसलाई नियन्त्रण गर्न अलि बढी नै परिश्रम गर्नुपर्ने उनको भनाइ छ । हैजा, जापानिज इन्सेफलाइटिसलागतका रोगहरु हुनै नदिन पनि पूर्व तयारी गर्न सकिने उनले बताए । त्यतातिर भने ध्यान पुग्न नसकेको उनको अनुभव छ ।
‘वर्षेनी देखिरहने रोगहरु हैजा, जापानिज इन्सेफलाइटिस, डेङ्गीलगातमा हामीले जहिले पनि मनसुन सुरु हुनु अगाडिदेखि नै वर्कआउट गर्नुपर्थ्यो । यसमा काम गर्नुपर्थ्यो । त्यो धान दिनुपर्ने मैले देख्छु । हामी जहिले पनि म चुकिरहेको देख्छु,’– उनले भने ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ३, आईतवार १९:०९गैरी गाउँ माविमा अभिभावक मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
खेलकुद२०८३ जेष्ठ ३, आईतवार १६:१५एनएसएल चौथो संस्करण भदौ २० देखि हुने « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३, आईतवार १०:३४कङ्गोमा नयाँ इबोलाको प्रकोपः ८० जनाको मृत्यु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ३, आईतवार ०९:४५वाग्लेलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान, जयन र कुवेरलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान









