‘अभिमन्यु : च्याप्टर–१’को ‘लड्की गोरी’ गीतले बढायो चर्चा

काठमाडौं। यही भदौ २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ पछिल्लो समय सार्वजनिक भएको गीत ‘लड्की गोरी’ का कारण चर्चामा आएको छ। भोजपुरी स्वाद भए पनि नेपालीमा रहेको उक्त गीतले मधेस र मधेसी समाजलाई चित्रण गर्दै दर्शकमा विशेष आकर्षण पैदा गरेको निर्माण पक्षले जनाएको छ।
एक साताअघि सार्वजनिक गरिएको यस गीतले हालसम्म ११ लाखभन्दा बढी दर्शकको अवलोकन पाइसकेको छ। दर्शकले युट्युबमार्फत गीतमा सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। प्रेरणा सिङ र प्रशान्त सिवाकोटीको स्वरमा रहेको गीतमा किरण श्रेष्ठको नृत्यलाई समेत प्रशंसा गरिएको छ।
भोजपुरी शैलीको प्रयोग भए पनि गीतमा अश्लीलता नभएको र फरक स्वाद प्रस्तुत गरिएको भन्दै दर्शकले प्रशंसा गरेका छन्। पछिल्लो समय डान्सिङ नम्बरलाई लोकप्रिय मानिँदै आएको अवस्थामा ‘लड्की गोरी’ पनि पूर्ण रूपमा नृत्यमुखी गीत भएको कारणले दर्शकमाझ लोकप्रिय बन्दै गएको छ।
निर्माण पक्षका अनुसार, गीतले चलचित्रको प्रचारमा उल्लेखनीय योगदान पुर्याएको छ। निर्माता नन्दु गैरेले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै, “यो गीत हिट भएपछि फिल्म पनि सफल हुनेमा ढुक्क छु,” भनेका छन्।
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रको संघर्षलाई प्रस्तुत गर्ने कथामा निर्माण भएको हो। सुशान्त गौतमको निर्देशनमा तयार भएको यो उनको डेब्यु निर्देशन हो।
यसमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला लगायतको अभिनय रहेको छ। चलचित्रको हिन्दी संस्करण असोज ६ (सेप्टेम्बर २२) मा विश्वव्यापी रूपमा प्रदर्शन हुने जानकारी निर्माण पक्षले दिएको छ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको चलचित्रको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् भने कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २, बुधबार २०:१७जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन
खेलकुद२०८३ बैशाख २, बुधबार १०:४७दिल्लीमा पुगेर बाबुरामले भने–’जेनजीको शक्तिशाली प्रदर्शनबाट ठुला दलहरूको सरकारलाई ढालेरै छाड्यो’
समाचार२०८३ बैशाख २, बुधबार १०:२९समानुपातिक सांसदसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख २, बुधबार ०८:०४पाँच वर्षमा स्वास्थ्यमा आठ प्रतिशत बजेट पुर्याउने सरकारको प्रतिबद्धता








