प्रधानमन्त्री ओलीले लिपुलेकको बारेमा ‘सी’ र ‘मोदी’सँग वार्ता गर्नुहुने

प्रधानमन्त्री ओलीले लिपुलेकको बारेमा ‘सी’ र ‘मोदी’सँग वार्ता गर्नुहुने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले  भारत र चीनले नेपाली भूमि प्रयोग गरेर व्यापार मार्ग  खोल्ने सम्बन्धमा गरेको सहमति सम्बन्धमा चीन र भारत दुवै देशका उच्च नेतृत्वसँग नेपालको स्पष्ट धारणा राख्नुहुने भएको छ ।

आज संचार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा लिपुलेक र कालापानीको विषयमा पत्रकारले राखेको जिज्ञासामा सरकारका प्रवक्ता समेत रहुनभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरुङले चीनमा भ्रमणको क्रममा राष्ट्रपति सि चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग हुने दुइपक्षिय बार्ताका क्रममा प्रधानमन्त्री ओलीले यस विषयलाई प्राथमिकताका साथ उठाउने जानकारी दिनु भएको हो ।

प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि १८ गतेसम्म चीनमा हुने सांघाई सहयोग संगठनको सम्मेलनमा सहभागी हुन चीन जाँदै हुनुहुन्छ ।

त्यसो त यसअघि नै नपाल सरकारले नेपाली भूमि लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने चीन र भारतको सहमतिविरूद्ध  दुवै देशलाई कुटनीतिक नोट पठाइ सकेको छ ।   कुटनीतिक नोटको विषयलाई लिएर हालसम्म दुबै देशले जवाफ नदिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारत र चीनले नेपाली भूमि प्रयोग गरेर व्यापार मार्ग खोलेको विषयलाई लिएर संसद्‍मा पनि चर्को विरोध भइरहेको छ । यस विषयमा सत्तापक्ष र विपक्षी सबैले सरकारलाई कुटनीतिक पहलबाट समाधान गर्न सुझाव  दिएका छन् ।

लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको पछिल्लो सहमति बाहिरिएसँगै नेपालले उक्त भूमि आफ्नो “अभिन्न भूभाग” रहेको बताउँदै परराष्ट्र मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ ।

“नेपालको संविधानमा नेपालको आधिकारिक नक्शा समावेश भइसकेको र उक्त नक्शामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ । नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण/विस्तार, सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको व्यहोरा पनि विदितै छ । उक्त क्षेत्र नेपाली भूभाग रहेको विषय मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकिएको बेहोरा पनि अवगत नै छ।” नेपालको परराष्ट्र मन्त्रालयले भनेको छ।

नेपाल-भारतबीच रही आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार ऐतिहासिक सन्धि-सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुवै देशबीचको सीमा समस्या कुटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहिआएको छ,” विज्ञप्तिमा भनिएको छ।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   1   =  

Protected by Spam Master