हाललाई अनिवार्य नभएपनि क्रमश: इम्बोस्ड नम्बर प्लेट राख्दै जानुपर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले सवारी साधनमा असोज १ गतेदेखि अनिवार्य इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने व्यवस्थालाई पुनर्विचार गरेको छ । इम्बोस्ड नम्बर जडान गर्दै जाने तर नराख्नेहरुलाई तत्काल जरिबाना नगरिने सूचनापछि पनि इम्बोस्ड प्लेट जडान गर्ने निर्णयको विरोध चाँही रोकिएको छैन ।
यातायात व्यवस्था विभागले असोज १ गतेदेखि नामसारी, दर्ता र नविकरण गर्दा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सूचना प्रकाशित गरेपछि यसको विरोध शुरु भएको थियो । त्यसपछि विभागले विज्ञप्ति निकालेर इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य नभएको तर विस्तारै जडान गर्दै जाने सूचना जारी गर्यो । साथै तत्काल जडान नगरेकोमा कुनै कारवाही जरीवाना नहुने पनि स्पष्ट पार्यो । तर दोस्रो सूचनापछि पनि यसको विरोध रोकिएको छैन ।
जडान शुल्क महँगो भएको र नागरिकको विवरण सुरक्षित नरहने भन्दै विरोध भएको छ । इम्बोस्ड नम्बरमा नेपाली अक्षरसमेत हुनुपर्ने अर्को विषय पनि उत्तिकै पेचिलो रुपमा उठेको छ ।
यता राष्ट्रिय उपोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन इम्बोस्ड नम्बर प्लेट शुरुवातदेखि नै विवादित रहेको र सरकारले लागत भन्दा दोब्वर मुल्य लिन खोजेकाले विरोध गर्नु परेको बताउनुहुन्छ ।
उता यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलले विदेशी कम्पनिले नम्बर प्लेट निर्माण गरेपनि नागरिकको विवरणको भण्डारण विभागमा नै रहेकोले सुरक्षा खतरा नरहेको दावी गर्नुभयो ।
हाल नेपालमा १ लाख बढी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भैसकेको छ भने अहिले करिव ८ लाख नम्बर प्लेट जडानको तयारी अवस्थामा रहेको विभागले जनाएको छ ।
नेपालमा दुइपाङ्ग्रे र चारपाङ्ग्रे गरी करिव ४० लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने पनि विभागले जानकारी दिएको छ ।।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १८:५९नेपालमा प्रधानमन्त्री शुशिला कार्कीको आगमन महिला सशक्तीकरणको उत्कृष्ट उदाहरण- मोदी
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार १५:५४गाउँपालिकामा पाँच करोड क्षति दसैँअघि कार्यालय सञ्चालनमा नआउने