‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक

काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक गरिएको छ। भदौ २७ गते प्रदर्शनमा आउन लागेको यो फिल्मको हिन्दी संस्करण असोज ६ (सेप्टेम्बर २२) मा विश्वव्यापी रूपमा रिलिज हुने निर्माण पक्षले जनाएको छ।
सार्वजनिक ट्रेलरमा पैसाको लोभमा एक युवकले भोग्ने संघर्षको कथा प्रस्तुत गरिएको छ। प्रेमको बहानामा आफ्नै प्रेमिकालाई अपहरण गर्ने, उसकै बुबासँग फिरौती रकम असुल्ने र पैसाको खेलमा उल्झिँदै जाने कथाले ट्रेलरलाई रोचक बनाएको छ।
घरबार विहीन युवकले पैसाका लागि गर्न सक्ने हरेक काम, त्यसमा जोडिने गलत मनोविज्ञान, र पैसाकै पछाडि लाग्दा मान्छे कस्तो चक्रव्यूहमा फस्छ भन्ने यथार्थलाई ट्रेलरले उजागर गरेको छ।
फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायत कलाकारहरूको दमदार अभिनय देख्न सकिन्छ।
सुशान्त गौतम निर्देशित यो चलचित्रलाई विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेका हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता छन् भने कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।
फिल्मको लेखन मुकेश खनालको हो। क्रिएटिभ निर्देशक मदन थापा रहेका छन् भने शरद महतोले छायांकन, मनोज श्रेष्ठले भिएफएक्स, सुप्रिम पराजुलीले रंग सम्योजन र मदन घिमिरेले सम्पादनको जिम्मा सम्हालेका छन्। जीवन शाक्य लाइन प्रोड्युसर हुन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ









