गौरा पर्वको दोस्रो दिन आज बिरुँडा धोएर मनाइँदै

बैतडी – सुदूरपश्चिमको मौलिक पर्व गौराको आज आज दोस्रो दिन । आज व्रतालु महिलाहरूले नजिकको नाला, धारा, कुवा तथा पानी पँधेरोमा हिजो भिजाएको ‘बिरुँडा’ लाई धोएर मनाउँदै छन् । बिरुँडा धोएकै ठाउँमा गौरा (पार्वती) को प्रतिमा बनाएर पूजा गरिन्छ ।
गौरा पर्वको पहिलो दिन बिहीबार हिजो महिलाले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँच प्रकारका अन्न भिजाएर गौरा पर्वको शुभारम्भ गरेका थिए ।
गौराको पहिलो दिन विरुँडा पञ्चमी पर्दछ । यो दिन नारीहरू व्रत बसेर गौरा घर वा पधेरामा बिरुँडा (केराउ, गहत, गुरास, गहूँ र मास) मिसाएर बनाइएको पञ्च अन्न भिजाउँछन् । यी पाँच अन्नलाई ‘बिरुँडा’ भनिन्छ ।
अघिल्लो दिन भिजाइएका बिरुँडालाई नजिकका नाला, धारा, कुवा तथा पानी पधेरोमा लगेर धुने चलन छ । व्रतालु महिलाहरूले बिहानै नुहाइधुवाई गरेर नजिकको नाला, धारा, कुवा तथा पानी पँधेरोमा गएर गौरादेवीको पूजाआजा गर्ने गरिन्छ ।
हिमालय पुत्री पार्वतीको नाम गौरी पनि हो, पौराणिक कालमा शिवजीलाई पाउन गौरी अथवा पार्वती देवीले निराहार व्रत उपासना तथा आराधना गरेको विश्वासका आधारमा विवाहित महिलाले महेश्वर गौरीको नित्य पूजा गरी उपासना गर्ने पर्वको रूपमा सुदूरपश्चिममा मनाइने सांस्कृतिक परम्पराको दोस्रो दिन नजिकैको जलाशयमा बिरुँडा भिजाउँदै गङ्गा गौरा पूजन गरिन्छ।
ग्रामीण क्षेत्रमा गाउँका महिलाहरू सामूहिक रूपमा प्राचीन धारा नाउला तथा जलाशयमा गएर धान, बल साउँ पहेँलो गुबो र तिलको बिरुवालाई एकीकृत गरी माता पार्वतीको प्रतीक बनाइ शुद्ध पहिरन, व्रत बसी निष्ठाका साथ पूजा गरिन्छ भने पञ्चमीको दिन विधिवत् राखिएको गहत गुराँस, सानो केराउ, कलाउँ र चना मिश्रण गरिने पञ्च दलहन गेडागुडीको बिरुँडालाई धोइपखाली शुभ सगुन फाग गाउँदै गौराप्रसादलाई घर ल्याउने प्रचलन रही आएको पण्डित लक्ष्मीदत्त पाण्डेयले बताउनुभयो ।
गंगागौराका दिन सूर्य र बत्तीलाईअर्घ दिँदै गणेश कलशको पूजा गरी गौरा प्रतिमालाई महिलाहरूले भक्तिभावका साथ पूजेर दुर्वाष्टमीका दिन गौरापर्वको मुख्य पूजाको आव्हान गरी मुक्ताभरण सप्तमीका दिन मूल गौरा भित्र्याउने चलन रहेको उहाँले बताउनुभयो ।
विशेष गरी महिलाहरूका लागि अति महत्त्वपूर्ण पर्व गौरामा अटल सौभाग्य, सुखशान्ति र एकता तथा सद्भाव कायमका लागि नारी मात्र नभई पुरुषले पनि चैत्र, धुमारी र देउडा खेलेर भव्य रूपमा मनाउने गरेका छन् ।
गौरा पर्वको मुख्य दिन भने दुर्गाष्टमीको दिन हो । अहिले गौरा पर्वले सुदूरका गाउँहरूमा चहलपहल समेत बढेको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’