रतनपाण्डे माविलाई २० हजार रुपैयाँ बराबरको पुस्तक हस्तान्तरण

पोखरा । सूर्यचन्द्र विकास समाज, पोखरा–५ ले पाेखरा -१३ आर्वामा रहेकाे श्री रतनपाण्डे माध्यमिक विद्यालयलाई करिब २० हजार बराबरका पुस्तकहरु हस्तान्तरण गरेको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष सावित्री काेइरालाले विद्यालयलाई पुस्तक हस्तान्तरण गर्दै विद्यार्थीको अध्ययनमा पुस्तकले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा बोल्ने वक्ताहरूले पुस्तक पढ्ने संस्कृतिको विकासले विद्यार्थीलाई ज्ञानमात्र नभई नैतिक मूल्य र सामाजिक चेतनामा पनि सुदृढ बनाउने उल्लेख गरे।
साथै, विद्यालयका विद्यार्थीलाई पुस्तक प्रयोग गरेर अध्ययनमा अझै बढी सक्रिय हुन आह्वान गरिएको थियो।
राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आयाजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा समाजका प्रतिनिधिहरू उपस्थित थिए।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19421, citypokhara.com
लेखकको बारेमा

लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २८, मंगलवार २३:१७विष्णुपादुका माइस्थान गुठी व्यवस्थापन समितिको साधारणसभा,धार्मिक गतिविधिले मन्दिर थप आकर्षक
समाचार२०८२ आश्विन २८, मंगलवार १२:४६बालेनले किसानलाई ‘फोहर’ भनेपछि किसान महासंघको आपत्ति, सार्वजनिक रूपमा माफी माग्न माग्न चेतावनी
समाचार२०८२ आश्विन २६, आईतवार १६:४०पोखरामा उद्योगी व्यवसायीमाथि आक्रमणको घटनाप्रति महासंघको आपत्ति
समाचार२०८२ आश्विन २६, आईतवार १५:००काउन्सिलको स्वायत्तताको सम्मान गर्छौं, प्रभावकारी बनाउन सहयोग गर्छौंः सञ्चारमन्त्री खरेल