‘हरिबहादुरको जुत्ता’ को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक

‘हरिबहादुरको जुत्ता’ को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक

काठमाडौँ । चलचित्र’हरिबहादुरको जुत्ता’ को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक बिसेष कार्यक्रम गर्दै चलचित्रको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा आशिष अविरल र मेलिना राईको स्वरमा रहेको गीतमा दानबहादुर कार्कीको शब्द र दिपक शर्माको सङ्गीत छ ।

लोक फ्लेबरलाई तयार पारिएको गीतलाई दर्शकले रुचाउने विश्वास गरिएको छ । किरण थापाको कोरियोग्राफीमा तयार गीतको भिडियोमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर छन्।

दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्र दसैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउँदैछ। एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन् ।

वसन्त सापकोटा, दिपक शर्मा र प्रकाश सपुतको सङ्गीत रहेको चलचित्रमा आशिष अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  वाग्लेलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान, जयन र कुवेरलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   5   =  

Protected by Spam Master