पाटनबाट चलचित्र ‘कुमारी’को छायाङ्कन सुरु, बङ्गलामुखीमा शुभ मुहूर्त

काठमाडौं । चलचित्र ‘कुमारी’ को छायाङ्कन सुरु भएको छ। मङ्गलवार बिहान चलचित्रको औपचारिक शुभ मुहूर्त ललितपुरको बङ्गलामुखी मन्दिरमा गरिएको छ, जहाँ चलचित्रका मुख्य कलाकार, निर्देशक, र निर्माण टोलीको उपस्थिति थियो।
दिनेश राउतले निर्देशन गरिरहेको ‘कुमारी’ को छायाङ्कन ललितपुरको पाटन क्षेत्रबाट सुरु भएको हो। सम्पूर्ण छायाङ्कन ३५ दिनमा सकिने लक्ष्य राखिएको छ। यस चलचित्रमा अबिषेक खड्का र आकृति राजभन्डारी मुख्य भूमिकामा छन्। यी दुईबाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, र भूपी लुहारजस्ता कलाकारहरूको पनि अभिनय रहनेछ।
बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमको सहकार्यमा निर्माण गरिरहेको यो चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् भने स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्। यसअघि नै ‘कुमारी’ घोषणा र पोस्टर तथा कलाकार सार्वजनिक कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’को प्रस्तुति रहेको यही चलचित्र ‘कता छौ’ बोलको गीत चर्चामा रहेको छ। गायक लिम्बुले पार्श्व गायनमा यही चलचित्रबाट डेब्यु गरेका हुन्।
‘कुमारी’ मा सङ्गीत केहर सिंह लिम्बु, सुमन तामाङ, र प्रशान्त सिवाकोटीको रहेको छ भने गीतमा स्वर केहर सिंह लिम्बुले नै दिएका छन्। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्।
निर्देशक राउतले ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’, र ‘क्लासिक’जस्ता सफल प्रेमकथामा आधारित चलचित्र निर्देशन गरेपछि सामाजिक विषयमा केन्द्रित ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता चलचित्र पनि निर्देशन गरेका थिए। उनले ‘कुमारी’ मार्फत फेरि प्रेमकथाको संसारमा फर्केका हुन्।
सुसन प्रजापतिको छायाङ्कन निर्देशन रहने यस चलचित्रमा कार्यकारी निर्मातामा केदार भुसाल, प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, मुख्य सहायक निर्देशकमा दिनेश बहादुर रावत रहेका छन्। चलचित्रको अन-स्क्रिन कविता रिया अधिकारीले रचना गरेकी छन्। चलचित्रमा पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)को रहेको छ। सुप्रिम पराजुलीको रङ्ग संयोजन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, किरण थापाको कोरियोग्राफी रहनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ३, आईतवार १९:०९गैरी गाउँ माविमा अभिभावक मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
खेलकुद२०८३ जेष्ठ ३, आईतवार १६:१५एनएसएल चौथो संस्करण भदौ २० देखि हुने « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३, आईतवार १०:३४कङ्गोमा नयाँ इबोलाको प्रकोपः ८० जनाको मृत्यु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ३, आईतवार ०९:४५वाग्लेलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान, जयन र कुवेरलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान









