निजामती सेवा दिवसको अवसर पारेर बृक्षारोपण

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ पान्धारे दुग्धनाथ महादेव मन्दिर धार्मिक वनमा वृक्षारोपण गरिएको छ । निजामती कर्मचारी दिवसको अवसरमा पलास, रुद्राक्ष, फलफुल लगायतका करिव तीन सय विरुवा रोपिएको हो ।कर्मचारी मिलन केन्द्र धादिङ र निजामती सेवा दिवस समारोह समितिको आयोजनामा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले जानकारी दिए ।
‘यस क्षेत्रमा नक्षत्र बाटिका, ग्रह बाटिका, राशी बाटिका पहिले नै बनाइ सकिएको छ । हामीले धार्मिक वनमा पनि जोड दिदै आएका छौं । आज २ सय पलास, रुद्राक्ष ५० र फलफलका २० वटा गरि २ सय ७० विरुवा रोप्यौं’ उनले भने– ‘लोप हुदै गएको विरुवाहरु रोप्ने र हुर्काउने अभियानमै छौं ।
उहाँका अनुसार यस क्षेत्रलाई पलाँस उत्पादनको नमुना क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । धार्मिक वन संरक्षणसँगै वातावरणीय सन्तुलन र स्थानीय उत्पादन वृद्धि दुवैलाई प्राथमिकतामा राखिएको बताउँदै आचार्यले रोपिएका बिरुवाको दिगो संरक्षणमा जोड दिनुभयो ।
त्यस्तै, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले पान्धारे दुग्धनाथ महादेव मन्दिर धार्मिक वनमा गरिएको वृक्षारोपणलाई जोगाउन सकियो भने धार्मिक तथा पर्यटकिय स्थल बन्ने बताए । ‘त्रिपुरासुन्दरी गाउँपालिका, नर्सिङ धाम, त्रिपुरासुन्दरी मन्दिर लगायत धार्मिक स्थलले प्रसिद्ध रहेको छ । यस पहिले नै नक्षत्र बाटिका, ग्रह बाटिका, राशी बाटिका समेत रोपिएको छ । अहिले पलाससहितका विरुवा रोपियो । आगामी दिनमा यस क्षेत्रले थप ऐतिहासिक महत्व बोक्ने विश्वास छ’ उनले भने ।धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले पर्यटकिय दृष्टिकोणले त्रिपुरासुन्दरी गाउँपालिका प्रसिद्ध रहेको बताए । ‘हरियालीसहितको डाँडापाखा, साथमै रहेको आँखु नदी र यो सल्यानटारले सुन्दर अनि रमणीय रहेको छ । धार्मिक तथा पर्यटकिय रुपमा प्रसिद्ध यस ठाउँमा बाटिका, ग्रह बाटिका, राशी बाटिका र अहिले रोपिएको पलास लगायतका फलफलुका विरुवाले यहाँको धार्मिक तथा पर्यटकिय शोभा बढ्नेछ’ उनले भने ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’