नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण

धादिङ, असोज २ गते ।
नीलकण्ठ नगरपालिका–८ स्थित रामकोट माध्यमिक विद्यालयको प्रांगणमा वृक्षारोपण गरिएको छ । नीलकण्ठ नगरस्तरीय बाल क्लबको आयोजनामा बाल दिवसरको अवसर पारेर विद्यालय परिसरमा फलफूलका विरुवा रोपिएका हो ।
बाल दिवसको दिन तय भएको कार्यक्रममा देशको राजनीतिक घट्ना क्रममा गर्न नसकिएको क्लबका अध्यक्ष तानिया परियारले जानकारी दिनुभयो।
बाल क्लबकी अध्यक्ष तानिया परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल प्रमुख आतिथ्य तथा डिभिजन वन कार्यालय धादिङका डिभिजन वन अधिकृत विष्णु प्रसाद आचार्यको विशेष आतिथ्यता रहेका थियो ।
कार्यक्रममा सामाजिक विकास समितिकी संयोजक मन्जु थापा मगर, सामाजिक विकास शाखा प्रमुख उर्मिला थपलिया, विद्यालयका प्रधानाध्यापक प्रकाश श्रेष्ठसहित विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
विद्यार्थीलाई उत्पादनसँग जोड्न विद्यालय परिसरमा आँप, अनार, एभोगाडो र कागतीका विरुवा रोपिएको सामाजिक विकास शाखा प्रमुख उर्मिला थपलियाले बताउनुभयो ।
नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले रोपिएको बिरुवाको संरक्षण जोड दिन आग्रह गर्नुभयो । नगरपालिकालाई एक बर्षभित्रमा बालमैत्री स्थानीय सरकार बनाउने लक्ष्यको साथ बालबालिकाहरुको क्षेत्रमा काम भईरहेको बताउनुभयो।
डिभिजन वन अधिकृत विष्णु प्रसाद आचार्यले जिल्लाभर अभियाननै बनाएर बृक्षारोपण गरीएको बताउनुभयो । यसले वातावरण संरक्षणसँगै बालबालिकामा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १०, मंगलवार ११:४३सुन तोलामा एक हजार छ सयले घट्यो
समाचार२०८२ चैत्र १०, मंगलवार ११:३२रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार बोलाइयो
समाचार२०८२ चैत्र १०, मंगलवार १०:५६सिक्लेसमा संरक्षण र समृद्धिको नयाँ मोडेलमा ACAP
समाचार२०८२ चैत्र ९, सोमबार २०:२६तयार भए संसदीय दलका कार्यालयहरु







