आज घटस्थापना, घरघरमा जमरा राखिँदै

पाेखरा । नेपालीहरूको महान चाड विजयादशमी आज घटस्थापनासँगै सुरु भएको छ । आज साेमबार बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको शुभ साइत परेकाे छ । शुभसाइतमा देशभर देवीपूजाको आरम्भ गरिन्छ ।
यस दिन घर–घरमा वैदिक परम्पराअनुसार जमरा राख्ने प्रचलन छ । जमरा राख्नुअघि गाउँघरमा रातो वा कमेरो माटोले र सहरमा विभिन्न रङले घर लिपपोत गरिन्छ । घर शुद्ध भएपछि मात्रै देवीको आगमन हुन्छ भन्ने विश्वास रहिआएको छ ।
देवीलाई जौको जमरा प्रिय हुने भएकाले घटस्थापनाको दिन जौ, गहुँ र मकैलाई माटोमा छरिन्छ । विजयादशमीकाे टीकाको बेला यही जमरालाई फूलका रूपमा प्रयोग गरिन्छ, जसलाई समृद्धि र शुभ संकेतको प्रतीक मानिन्छ ।
घटस्थापनाको दिन बिहान सबेरै आत्मशुद्धि गरी नदी, खोला वा नजिकैको बगरबाट बालुवा वा माटो ल्याई पूजा कोठामा जमरा राख्ने परम्परा छ । पूजा कोठाको सरसफाइ गरी गाईको गोबरले लिपपोत गर्ने चलन अझै प्रचलित छ ।
यस अवसरमा काठमाडौंको हनुमानढोका दरबारस्थित दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गाको पूजाआराधना थालिएको छ । यस्तै, देशभरका शक्तिपीठ र देवी मन्दिरहरूमा नवरात्रि पर्व विधिवत् रूपमा सुरु भएको छ । यस वर्षकाे दशैंकाे टिकाकाे साइत असाेज १६ गते परेकाे छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19611, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २८, मंगलवार २३:३२आहा ! रारा गाेल्डकप : आयाेजक सहारा क्लवकाे विजयी सुरुवात,गोर्खा इन्टरनेशनल फुटबल क्लब १-० ले पराजित
समाचार२०८२ माघ २८, मंगलवार २३:२७सहारा क्लवद्वारा राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी प्रिति राईलाई पुरस्कृत, २५ जनालाई सम्मानित
समाचार२०८२ माघ २८, मंगलवार १०:२७लेउवा संघको आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
समाचार२०८२ माघ २७, सोमबार ११:३४भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत






