हरेक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्न मन्त्रालयका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।
हिजो पद बहाली गरेपछि आज मन्त्रालयमा मन्त्री पुनले नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्न निर्देशन दिनुभएको हो ।
त्यसैगरी बिश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिँदै मन्त्री पुनले समयमै परीक्षाफल ननिकाल्ने बिश्वविद्यालयहरुको अनुदान रोक्का गर्न निर्देशन दिनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय किर्तिपुरको हाताभित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर सरसफाइ गरी बँगैचासहित फुटपाथ बनाउन पनि निर्देशन दिनुभएको छ ।
मन्त्री पुनले दिएको निर्देशनबारे फेसबुक पेजमा उल्लेख गर्नुभएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार १९:३५डा. शाक्यको ‘मेरो गीतभित्र’ बजारमा
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १३, आईतवार १५:११गाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ पुष १३, आईतवार १३:३८‘मिरमिरे’मा किन दयाहाङ र सिर्जना नै ?
समाचार२०८२ पुष १३, आईतवार ११:२५त्रिवेणी कप फुटवल प्रतियोगिता सुरु








