युनाइटेड क्लब पोखराद्धारा ५ कार्यालयमा कम्प्युटर र प्रिन्टर वितरण

पोखरा ।
जेन्जी आन्दोलनमा आगलागीबाट क्षती भएका कास्कीका विभिन्न पाँच स्थानमा युनाइटेड क्लबले कम्प्युटर तथा प्रिन्टर प्रदान गरेको छ ।
जनता संग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला सरकारी वकिलको कार्यालय कास्की र पोखरा महानगरका वडा नं १०, १२ र १५ नम्बर वडा कार्यालयलाई युनाइटेड क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत कम्प्युटर र प्रिन्टर प्रदान गरेको हो ।
पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा काम गर्दै आइरहेको युनाइटेड क्लबले तिहारको अवसरमा आयोजना गरिने देउसी भैलो कार्यक्रमबाट संकलित रकमबाट स्थापित विपद ब्यवस्थापन कोष अन्तर्गत उक्त सहयोग प्रदान गरिएको हो ।
जेन्जी आन्दोलनले निम्त्याएको संकटको बेला युनाइटेड क्लबले कार्यालयलाई आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेकोमा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले युनाइटेड क्लबलाई धन्यवाद ब्यक्त गरिन । संकटको बेलालाई सबैले मिलेर सामाना गर्दै अगाडी बढ्नुपर्नेमा शर्माले जोड दिइन ।
त्यस्तै पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष तोरण बहादुर बानियाँले सामाजिक काममा छुट्टै पहिचान बनाएको युनाइटेड क्लबले संकटको बेलामा वडालाई आवश्यक पर्ने सामाग्री प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे । वडा नं १५ का सम्पूर्ण सामाग्रीहरु जेन्जी आन्दोलनको क्रममा आगलागीबाट नष्ट भएर जनताको काममा प्रत्यक्ष असर परिरहेको सन्दर्भमा युनाइटेड क्लबले कम्प्युटर र प्रिन्टर प्रदान गरी वडाको दैनिकी कामकाजमा सहयोग पुग्ने उनको भनाइ रहेको थियो ।
युनाइटेड क्लबले जेन्जी आन्दोलनको क्रममा सानो भएतापनि सहयोग गर्ने उद्देश्यले जनता संग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालय र वडा कार्यालयहरुलाई आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर प्रदान गरेको युनाइटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले बताए ।
थापाका अनुसार पोखरा महानगरका वडा नं १०, १२ र १५ संगै जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला सरकारी वकिलको कार्यालय कास्कीलाई कम्प्युटर र प्रिन्टर प्रदान गरिएको हो ।
युनाइटेड क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत पूर्वको उदयपुर देखि पश्चिमको कैलाली सम्म विभिन्न विपदमा परेकाहरुलाई सहयोेग प्रदान गर्दै आइरहेको छ ।
गत भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा आगलागीबाट पोखरा महानगर भित्रका सरकारी तथा निजी सम्पदाहरु आगलागीबाट पूर्ण रुपमा क्षती पुगेकोे र आफुहरुले कास्कीका विभिन्न पाँचवटा कार्यालयमा सहयोग प्रदान गरेको क्लबका द्धितिय उपाध्यक्ष तथा विपद ब्यवस्थापन समितिका संयोजक सूर्य बहादुर बानियाँले जानकारी दिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19626, citypokhara.com
लेखकको बारेमा

लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २८, मंगलवार १२:४६बालेनले किसानलाई ‘फोहर’ भनेपछि किसान महासंघको आपत्ति, सार्वजनिक रूपमा माफी माग्न माग्न चेतावनी
समाचार२०८२ आश्विन २६, आईतवार १५:००काउन्सिलको स्वायत्तताको सम्मान गर्छौं, प्रभावकारी बनाउन सहयोग गर्छौंः सञ्चारमन्त्री खरेल
समाचार२०८२ आश्विन ११, शनिबार ०६:०८होटल संघ पोखराद्वारा फेवातालमा सरसफाई
समाचार२०८२ आश्विन ११, शनिबार ०५:५९कास्कीको लान्दु्रकमा दशैं मेला सुरु