जेन-जी आन्दोलनले श्रमिकलाई पारेको असरबारे छलफल

काठमाडौँ- युएनआई एशिया प्यासिफिक क्षेत्रको सहयोगमा, युएनआई नेपालले काठमाडौँमा सबै आवद्ध संघसंगठनका प्रतिनिधिहरूसँग छलफल गरेको छ।
नेपालमा जेन-जी आन्दोलन र यसबाट श्रम क्षेत्र तथा श्रमिकलाई परेका समस्याका बारेमा छलफल भएको थियो ।

जेन-जी आन्दोलनबाट युएनआई आवद्ध संघसंगठनहरुको कार्यालयमा पुगेको भौतिक क्षतिको मूल्याङ्कन गर्ने, श्रमिक सुरक्षा र संगठनको चुनौतीहरू पहिचान गर्ने, सहनशीलताको रणनीतिहरू साझेदारी गर्ने र विश्वव्यापी साझेदारहरूसँग समन्वय गर्दै श्रमिकहरुको सशक्तिकरण गर्ने विषयहरुमा छलफल भएको हो ।

सहभागीहरूले क्षेत्र विशेषका प्रभावहरू संकलन गरेर सामूहिक रुपमा संघ पुनर्निर्माण, र जारी राजनीतिक अनिश्चितताको बीचमा श्रमिकको अधिकारको संरक्षणको गर्न सुझाव दिएका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १८:००तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न
समाचार२०८३ बैशाख १२, शनिबार ०७:४३नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:२१‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, रेखा थापाको निर्देशनमा कमब्याक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:११‘लालीबजार’को ‘मै राम्री छु त नी’ गीतको अंश सार्वजनिक








