‘माइतीघर’मा धीरज, भन्छन्: मेरो पात्रले कौतुहल र दुविधा सिर्जना गर्छ

‘माइतीघर’मा धीरज, भन्छन्: मेरो पात्रले कौतुहल र दुविधा सिर्जना गर्छ

काठमाडौँ। अभिनेता धीरज मगर आफ्नो फूलपाती रिलिज चलचित्र ‘माइतीघर’ का कारण उत्साहित छन्। पहिलोपटक मल्टिस्टार कास्टमा काम गर्न पाएकोले पनि उनलाई विशेष अनुभव भइरहेको छ। उनले यो फिल्मको स्क्रिप्ट दुई वर्षअघि नै पढेका थिए र तत्कालै यसमा सहमत भएका थिए।

धीरज भन्छन्– “फिल्मले तामाङ संस्कृतिको सेरोफेरोमा कथा प्रस्तुत गरेको शैली मलाई निकै मन पर्यो। माइतीघर र चेलीको सम्बन्धलाई जिस्किलासाथ प्रस्तुत गरिएको देख्दा यसमा सहभागी हुन प्रेरित भएँ।”

पात्रबारे कुरा गर्दा उनले आफूलाई दर्शकले ग्रे सेड मा देख्ने बताएका छन्। “मेरो पात्र पूरै नकारात्मक होइन, तर ग्रे सेडमा अवश्य छ। यही यात्रा नै मलाई आकर्षक लाग्यो। ट्रेलरमा पनि कहिले प्रहरी, कहिले विदेशी लाहुरे– फरक–फरक गेटअपमा देखिन्छ। यसले दर्शकमाझ कौतुहल र दुविधा दुवै सिर्जना गरेको छ,” उनले भने।

पात्र प्रस्तुतिको सम्पूर्ण जिम्मेवारी निर्देशक मिलन तामाङमाथि रहेको उनले जनाए। फिल्मले दर्शकलाई भरपूर मनोरञ्जन दिने विश्वास व्यक्त गर्दै उनले थपे– “फिल्म हेर्दा दर्शक हाँस्दै–हाँस्दै रुनेछन् भन्नेमा म ढुक्क छु। दशैंको अवसरमा रिलिज हुने यो पारिवारिक चलचित्रले नेपाली दर्शकलाई रमाइलो समय दिनेछ। ट्रेलरमै यो कुरा प्रष्ट भइसकेको छ फिल्म मनोरञ्जनात्मक छ, दर्शकलाई हसाउँछ, रुवाउँछ र पारिवारिक भावनासँग जोड्छ।”

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   2   =  

Protected by Spam Master