अन्तराष्ट्रिय शहरी सन्जालको सह-अध्यक्षमा नगर प्रमुख भीमप्रसाद ढुंगाना निर्वाचित,नगरको विकासमा टेवा पुग्ने विश्वास

धादिङ,११ असोज
नेपाल नगरपालिका संघका अध्यक्ष एंव नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगाना अन्तराष्ट्रिय शहरी सञ्जालको सह अध्यक्षतमा निर्वाचित हुनुभएको छ । दक्षिण कोरियाको गोयाङ सिटीमा सम्पन्न भएको १० औँ अधिवेशनले ढुंगानालाई सह अध्यक्षमा पुन निर्वाचित गरेको हो । उक्त संस्था विश्वभरका स्थानीय सरकारहरूको साझा संस्था हो । विश्वका विभिन्न देशका शहरहरू आपसी सहकार्य, अनुभव आदान–प्रदान र साझेदारीका लागि सञ्जालले काम गर्ने नगर प्रमुख ढुंगानाले बताउनुभयो ।

शहरी विकास, पूर्वाधार, वातावरण, दिगोपन र प्रविधि सम्बन्धी ज्ञान आदान–प्रदान गर्दै आईरहेको छ । सन्जालले जलवायु परिवर्तन, यातायात, सरसफाइ, प्रशासनिक सुशासन जस्ता साझा समस्यामा काम गर्नेछ । सह अध्यक्षमा निर्वाचित हुनुभएका मेयर ढुंगानाले नीलकण्ठ नगरपालिकाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । नगर पालिकाको विकासको लागि विश्वभरका स्थानीय सरकारसँग सहकार्य गर्ने वातावण बनेको बताउनुभयो । नीलकण्ठ नगरपालिकाको विकासमा विश्वका विकसित शहरहरुले ईच्छा व्यक्त गरेका कोरियाबाट मेयर ढुंगानाले नीलकण्ठ एफएममलाई जानकारी दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २८, शनिबार १६:१०जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २८, शनिबार १३:३३निवर्तमान मन्त्री साह पत्नी नियुक्ति प्रकरण-‘जनस्वास्थ्य प्रशासक र बोर्डका निर्देशकलाई सोध्यो स्पष्टीकरण’
खेलकुद२०८२ चैत्र २८, शनिबार १०:११म्याड्रिडको उपाधि यात्रामा धक्का
समाचार२०८२ चैत्र २८, शनिबार ०८:०१न्यायिक प्रणालीलाई व्यवस्थित बनाउँदै समुदायमै छिटो र सहज न्याय दिने काम गरिरहेका छौं : उपाध्यक्ष अर्याल







