लायन्स क्लव अफ धादिङ भैरवीद्धारा कर्णेश्वमा माविमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना

धादिङबेशी । लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा कणेश्वर माध्यामिक विद्यालयमा एक दिने मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक विष्णुहरी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ ३२५ आइ रिजन ५ का रिजन चियरपर्सन कृष्ण बद्री पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा लायन्स क्लब अफ धादिङ भैरबीका अध्यक्ष बद्री अधिकारी, मानव अधिकार संगठन धादिङका सभापती कृष्णराज अधिकारी, गंगाजमुना गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा क्लबका सदस्य दिपक अधिकारी, शिखर इन्स्योरेन्सका क्षेत्रिय प्रबन्धक तथा क्लबका सदस्य सिताराम अर्याल लगायतको आतिथ्यता रहेको थियो ।
विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई नीलकण्ठ नगरपालिकाका मनोपरामर्शकर्ता रामकुमार थापाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा बालबालिकामा देखिने मनोसामाजिक समस्या, लक्षण, कारण र समस्या सामाधानको विषयमा मनोपरामर्शकर्ता थापाले सहजीकरण गर्नुभएको थियो ।
सो अवसरमा लायन्स क्लब अफ ३२५ आई रिजन ५ का रिजन चियरपर्सन कृष्णबद्री पौडेलले उक्त विद्यालयमा आगामी दिनमा पनि विभिन्न सहयोगका कार्यक्रम संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले हाल लायन्स क्लव अफ ३२५ डिष्ट्रिकको सप्ताहब्यापी कार्यक्रम अनुसार आफुहरुले धादिङमा पनि मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरेको बताउनु भयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन












