चलचित्र ‘मैझारो’ को ट्रेलर सार्वजनिक

काठमाडौं। विल्सन बिक्रम राई (तक्मेबुढा) को लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘मैझारो’ को ट्रेलर मंगलबार सार्वजनिक भएको छ । यो फिल्म तिहारको भाइटीका अर्थात् कार्तिक ७ गते बाट देशभर प्रदर्शन हुँदैछ ।
तीन मिनेट ४९ सेकेण्ड लामो ट्रेलरमा आफ्नो प्रेम सम्बन्धलाई स्थापित गर्न गरिएको संघर्ष र त्यसपछि उत्पन्न हुने सामाजिक द्वन्द्वहरूलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ ।
ट्रेलरमा फिल्मका प्रमुख कलाकारहरू धिरज मगर, मिरुना मगर, दिया पुन देखि दयाहाङ राई सम्म देखिएका छन् । निर्देशक विल्सन बिक्रम राई स्वयं पनि अभिनयमा देखिएका छन् ।
निर्देशक राईकै कथा रहेको यो फिल्म पूर्वी नेपालको इलाम र पाँचथर आसपासका क्षेत्रमा छायांकन गरिएको हो । फिल्म प्रदर्शनअघि नै निर्माण टिमले सार्वजनिक गरेका प्रेम गीत र पूर्वी नाच साकेला मा आधारित गीतहरूले दर्शकमाझ राम्रो चर्चा बटुलिरहेका छन् ।
तक्मे प्रोडक्सन को ब्यानरमा निर्माण भएको यस फिल्ममा धिरज, मिरुनाका साथमा बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन् । गायनमा राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारी लगायतको स्वर रहेको छ ।
सौरभ लामाले छायांकन गरेको यस फिल्मको वितरणको जिम्मा आरआर फिल्मस् ले लिएको छ भने डिजिटल अधिकार ओएसआर सँग रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २०, सोमबार ०६:२४मूल्य पाइने आशामा बोटमै जुनार
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै








