राष्ट्रपति र प्रधानमन्त्रीद्वारा निर्वाचन सुरक्षाको विषयमा सुरक्षा निकायका प्रमुखसँग छलफल

काठमाडौँ– सुरक्षा निकायका प्रमुखहरूसँगको बैठक शीतलनिवासमा सकिएको छ। राष्ट्रपतिको पहल र प्रधानमन्त्रीको समन्वयमा भएको बैठकमा सबै चारवटै सुरक्षा निकायका प्रमुख, गृहमन्त्रीज्यू र अन्य मन्त्रीज्यूहरूको उपस्थिति थियो ।
बैठक निर्वाचनको वातावरण र सुरक्षाका विषयमा केन्द्रित थियो। सबै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराउनुयो ।
अहिलेभन्दा कठिन अवस्थामा पनि विगतमा चुनाव गराउन सफल भएको दृष्टान्तहरू पनि प्रस्तुत गर्नुभयो ।
प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा व्यवस्थाका लागि आवश्यक पर्ने स्रोत साधन दिन तयार रहेको र व्यवस्थापनको काम पनि भइरहेको जानकारी दिनुभयो ।
विभिन्न दलसँग भइरहेको संवादका विषयमा पनि प्रधानमन्त्रीज्यूले जानकारी गराउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?






