‘जेनजी’ प्रदर्शनका सहिद न्यौपानेको स्मृतिमा भलिबल प्रतियोगिता

काठमाडौँ, २ कात्तिक । सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाले ‘जेनजी’ प्रदर्शनका क्रममा सहिद भएका योगेन्द्र न्यौपाने (रोशन) को सम्मानमा अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गरेको छ ।
उक्त पालिकाको वडा नं १ च्याकुटारबेँसी खेल मैदानमा आयोजित प्रतियोगिताको पालिका प्रमुख शङ्करराज बराल र ज्वालाप्रसाद न्यौपानेले निर्णायक९रेफ्रि०लाई बल हस्तान्तरण गरी संयुक्त रूपमा उद्घाटन गरे ।
देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध तथा सुशासन प्रवर्द्धनको आवाजका साथ जेनजी प्रदर्शनमा सहभागी भएका रोशनको गत भदौ २३ गते नयाँ बानेश्वरमा गोली लागेर घटनास्थलमै निधन भएको थियो । रोशन च्याकुटारबेँसीका बासिन्दा थिए ।
प्रतियोगितामा कमलामाई र दुधौली नगरपालिकाका एकरएक तथा गोलञ्जोर, फिक्कल, तीनपाटन र सुनकोसी गाउँपालिकाका दुईरदुई गरी १० टोलीको सहभागिता रहेको गोलन्जोरका उपाध्यक्ष न्यौपानेले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः रु ७५ हजार ५० हजार र ३५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
‘स्वास्थ्यका लागि खेलकुदः राष्ट्रका लागि खेलकुद’ भन्ने नारा दिइएको उक्त प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिता उद्घाटन कार्यक्रममा उनका पिता युवराज न्यौपाने (उमेश) र परिवारका सदस्य उपस्थित थिए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २१, शनिबार ०९:३०कलाकार सागर लम्साल पक्राउ | Celebrity Nepal
समाचार२०८२ चैत्र २०, शुक्रबार २०:५५संसदमा बादलले गरेको सम्बोधनलाई लिएर एमाले सचिवालय बैठकमा छलफल
समाचार२०८२ चैत्र २०, शुक्रबार १९:०६पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तालिम सम्पन्न
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २०, शुक्रबार १०:४८चलचित्र विकास बोर्डमा विभिन्न तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण








