‘कल्ली’का तीन पोस्टर सार्वजनिक, सौगातदेखि नाजिर र वर्षासम्म

‘कल्ली’का तीन पोस्टर सार्वजनिक, सौगातदेखि नाजिर र वर्षासम्म

काठमाडौँ। आगामी फागुन १ गते रिलिज हुने फिल्म ‘कल्ली’ ले तीन फरक पोस्टर सार्वजनिक गर्दै प्रचार यात्राको औपचारिक सुरुआत गरेको छ। किरण नेपालीको प्रस्तुतिमा बनेको फिल्मका पोस्टरमा कलाकारहरू पृथक रूप र गेटअपमा देखिँदा, कथाबारे उत्सुकता झनै बढेको छ।

लक्ष्मण सुनार निर्देशित र महेश दवाडी लिखित फिल्मका पोस्टरमध्ये पहिलोमा नायक नाजिर हुसेन र नायिका वर्षा राउतले काखमा राखेकी बाल कलाकार मञ्जिला बानियाँलाई भावपूर्ण रूपले उतारिएको छ। दोस्रो पोस्टरमा सुलक्षण भारती एकदमै भिन्न रूप र स्वभावका चरित्रमा देखिँदा, फिल्ममा रहेको विविधता झल्किन्छ। तेस्रो पोस्टरमा भने नायक सौगात मल्ल आफ्नो क्यारेक्टर–ड्रिभन लुकसहित प्रस्तुत छन्, जसले कथावस्तुको गम्भीरता र रहस्य दुवै संकेत गर्छ।

फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, बेनिशा हमाल, सुलक्षण भारती, उत्तम प्रधानलगायत अभिनेताहरू मुख्य भूमिकामा छन्। यस्तै बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगर समेतको सहभागिता छ। बाल कलाकारका रूपमा उपेश ढकाल, मञ्जिला बानियाँ र समर्पण खतिवडा देखिनेछन्।

फिल्ममा आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत रहेको छ भने निसाल पौडेलको छायांकन र एनवी महर्जनको एक्सन निर्देशन समावेश छ। पोस्टर डिज़ाइनरका रूपमा राकेश दाहालले काम गरेका छन्। लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको संयुक्त प्रस्तुति रहेको ‘कल्ली’ ले रिलिजअघि नै बलियो स्टार–कास्ट र विषयगत रहस्यका कारण दर्शकको चासो तानेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   2   =  

Protected by Spam Master