ऋत बोहोराको कथा र निर्देशनमा बन्ने भो ‘कस्तुरी’

ऋत बोहोराको कथा र निर्देशनमा बन्ने भो ‘कस्तुरी’

काठमाडौँ । निखिल उप्रेती र वर्षा शिवाकोटी पहिलोपटक स्क्रिन सेयर गर्ने सस्पेन्स थ्रिलर फिल्म ‘कस्तुरी’ औपचारिक रूपमा घोषणा गरिएको छ। आइतबार निर्माण टिमले फिल्म निर्माणको घोषणा गरेको हो।

कर्पोरेट क्षेत्रमार्फत छुट्टै परिचित धिरज कुमार अग्रवाल मनोरञ्जन क्षेत्रमा प्रवेश गर्दै टेन इन्टरटेनमेन्टबाट ‘कस्तुरी’ निर्माण गर्नेछन्। टेन प्लास्ट इन्डस्ट्रीजमार्फत उद्योग–व्यवसायमा सक्रिय अग्रवाल चलचित्र उत्पादनमा समेत होमिँदै निर्माता बन्न लागेका हुन्।

फिल्मको कथा र निर्देशन ऋत बोहोराले गरेका छन्। उनले ‘कस्तुरी’लाई मनोवैज्ञानिक सस्पेन्स थ्रिलरको रूपमा निर्माण गरिँदैछ भन्दै फिल्ममा हत्या, अपहरण, षड्यन्त्र र मानसिक द्वन्द्वजस्ता तत्वलाई मुख्य संरचनामा राखिने जानकारी दिए। बोहोराका अनुसार फिल्मले भय, रहस्य र जिज्ञासालाई समेटिनेछ, जसले कथाभर दर्शकलाई ‘नेक्स्ट के?’ को रोमाञ्चक प्रतीक्षा गराइरहने छ।

फिल्ममा निखिल उप्रेती र वर्षा शिवाकोटीको जोडीसँगै निशा अधिकारी, ब्रजेश खनाल, शेखर चापागाईं र निर्मल शर्माको अभिनय रहनेछ। अन्य कलाकार तथा प्राविधिक टोलीको कास्टिङ जारी रहेको निर्माण पक्षले जनाएको छ। कथा ब्रजेश खनालले लेखेका हुन् भने सह–निर्मातामा अञ्जली चौधरी छन्।

छायांकन आलोक शुक्ला, प्रमुख सह–निर्देशन ललित बिष्ट, संगीत प्रशान्त शिवाकोटी, गीत युवराज काफ्ले र निर्माण व्यवस्थापनको जिम्मा दिलीप पन्तले सम्हाल्नेछन्।

निर्माण टोलीका अनुसार ‘कस्तुरी’को छायांकन आउँदो मंसिरदेखि काठमाडौं तथा वरपरका लोकेसनमा सुरु हुने योजना छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  नीता ढुंगानाको डेब्यु निर्देशकीय चलचित्र ‘पार्वती’को पहिलो झलक सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   5   =  

Protected by Spam Master