आक्रोश र रोदनले बुनिएको ‘जेन्जी तिहार’ सार्वजनिक

काठमाडौँ । दीपावली २०८२ लक्षित गीत ‘जेन्जी तिहार’ सार्वजनिक भएको छ। समाजमा देखिएको अन्याय, भ्रष्टाचार र जेन्जी पुस्तामाथि भएको राज्य दमनको पीडा उकेल्दै भिडियो सार्वजनिक गरिएको हो। विशेषतः भदौ २३ र २४ मा जेन्जी पुस्ताले गरेको आन्दोलन र त्यसपछिको दमनलाई केन्द्र बनाउँदै गीतले आक्रोश, विद्रोह र रोदनको भाव बोकेको छ।
गीतमा तुलसी बाँस्कोटा र सजिना लामिछानेको शब्द छन्। बाँस्कोटा स्वयं र निर्देशक आरबी खत्री शरदले संगीत भरेका छन् भने राजिव शाहले संगीत संयोजन, रेकर्डिङ तथा मास्टरिङ जिम्मा सम्हालेका छन्। स्वरमा आरबी खत्री शरद, श्रद्धा दियाली, रमेश मैनाली, राजिव शाह र निर्मला कार्कीको सहभागिता छ।
भिडियोमा आरबी खत्री शरद, लक्ष्मीनाथ तिमल्सिना, सरिता भण्डारी, सजिना लामिछाने, रमेश मैनाली, शिव मैनाली, राज धामी, लक्ष्मी जोशी, पिय्रा कार्की, पार्वती अधिकारी भट्टराई, श्रीदा क्षेत्री, बिन्दु श्रेष्ठ, तेजी कुँवर, सपना देवकोटा, अनिल राई, गीता ओली, सुजिता खत्री, लक्ष्मी सिवाकोटी लगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ।
छायांकन राज पोख्रेलले, सम्पादन राज धामीले तथा कोरियोग्राफी दिनेश लिम्बुले गरेका छन्। निर्देशन आरबी खत्री शरदकै रहेको भिडियोमा “देश बन्छ” भन्दै घरबाट हिँडेको छोरो आन्दोलनमै मारिएको खबरले चुँडिएको आमाको मनोभाव र भ्रष्ट राजनीतिप्रति तातिएको पुस्ताको विस्फोटक अभिव्यक्ति सशक्त रूपमा प्रस्तुत गरिएको छ। भिडियो ‘आदि शक्ति अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









