‘जेनजी’ सहिद योगेन्द्र न्यौपाने स्मृति भलिबल प्रतियोगिताको उपाधि तीनपाटन ‘ए’लाई

काठमाडौँ, ४ कात्तिक । सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले ‘जेनजी’ प्रदर्शनका क्रममा सहिद भएका योगेन्द्र न्यौपाने (रोशन) को सम्मानमा आयोजना गरेको अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि तीनपाटन गाउँपालिकाले प्राप्त गरेको छ ।
उक्त पालिकाको वडा नं १ च्याकुटारबेँसी खेलमैदानमा आज भएको अन्तिम प्रतियोगितामा तीनपाटन गाउँपालिकाकै ‘ए’ टोली प्रथम र ‘बी’ टोली दोस्रो भएको वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिए । प्रतियोगितामा कमलामाई नगरपालिका तेस्रो र गोलोञ्जर गाउँपालिकाले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।
प्रथम हुने टोलीले नगद रु ७५ हजार, दोस्रोले रु ५५ हजार, तेस्रोले रु ३५ हजार र सान्त्वना हुने टोलीले रु १५ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता टोलीलाई गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानले पुरस्कार एवं प्रमाणपत्र प्रदान गरे ।
‘स्वास्थ्यका लागि खेलकुदः राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ यही कात्तिक २ गतेदेखि सुरु भएको प्रतियोगितामा १० वटा समूहबीच प्रतिस्पर्धा भएको थियो ।
देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध तथा सुशासन प्रवर्द्धनको आवाजका साथ ‘जेनजी’ प्रदर्शनमा सहभागी भएका रोशनको गत भदौ २३ गते नयाँ बानेश्वरमा गोली लागेर घटनास्थलमा नै निधन भएको थियो । रोशन च्याकुटारबेँसीका बासिन्दा थिए ।
प्रतियोगितामा कमलामाई र दुधौली नगरपालिकाका एक÷एक तथा गोलञ्जोर, फिक्कल, तीनपाटन र सुनकोसी गाउँपालिकाका दुई÷दुई गरी १० टोलीको सहभागिता रहेको थियो । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक ९, शनिबार १५:१७एकैदिन मुस्ताङ भित्रिए करिब सात हजार पर्यटक
समाचार२०८२ कार्तिक ९, शनिबार १२:४१प्रधानमन्त्रीद्वारा गृहमन्त्री र सुरक्षा प्रमुखहरूसँग छलफल
समाचार२०८२ कार्तिक ९, शनिबार ०८:२७आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
समाचार२०८२ कार्तिक ९, शनिबार ०८:००मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु








