प्रधानमन्त्रीको आह्वानमा वालुवाटारमा सर्वदलीय बैठक सुरू

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। बैठकमा विभिन्न दश राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भएका छन्।
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको चुनाव नजिकिँदै गर्दा राजनीतिक दलहरूले सुरक्षा व्यवस्थासम्बन्धी चिन्ता व्यक्त गरेपछि प्रधानमन्त्री कार्कीले संवादको सुरुवात गरेकी हुन्। उनले प्रधानमन्त्री बनेपछि पहिलो पटक राजनीतिक दलहरूसँग सामूहिक छलफल थालेकी हुन्।
कार्की जेनजी आन्दोलनको जगमा प्रधानमन्त्री बनेकी हुन्। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा उनी सहभागी भएकी थिइन्।
तर हाल नेकपा एमालेले फागुन २१ गते हुने भनिएको निर्वाचन हुन नसक्ने निष्कर्ष निकाल्दै संसद् पुनःस्थापनाको माग गरेको छ। यसै सन्दर्भमा अन्य दलहरूले समेत आफ्नो धारणा राख्ने तयारी गरेका छन्।
प्रधानमन्त्रीको पहलमा सुरु भएको यस बैठकमा केदारभक्त माथेमा र विद्याधर मल्लिक लगायतका नेताहरूलाई पनि बोलाइएको छ। बैठकमा चुनावी सुरक्षा, राजनीतिक स्थायित्व र आगामी निर्वाचनको तयारी सम्बन्धी विषयमा छलफल भइरहेको जनाइएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19841, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो
समाचार२०८३ बैशाख ३०, बुधबार ००:१८पोखरा महानगरले कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा लिन राेक्याे









