निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सरकार र दलका नेताबीच छलफल

काठमाडौँ, ४ कात्तिक : प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनको राजनीतिक वातावरण बनाउन विघटित संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरुसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी रहनुभएको छ । फागुक २१ मा निर्वाचन सपन्न गर्नका लागि लागि सरकारले दिदै आएको प्राथामिकता जेनजी सँगको संवाद र शुसासनका लागि सरकारले गर्दै आएका गतिविधिमाथि छलफल केन्द्रीत रहेको बताइएको छ । निर्वाचनका लागि राजनीतिक दलहरुले राखेको शान्ति शुरक्षाको विषयलाइ मुख्य चासोको रुपमा बैठकमा उठाएका छन् । बैठकमा सहभागी दलका नेताहरुले आफ्नो आफ्नो दलको तर्फबाट निर्वाचनका सम्बन्धमा पार्टीको औपचारीक धारणा राख्नु भएको छ ।
संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी हुनुहुन्छ ।
त्यसैगरी छलफलमा नेपाली कांग्रेसबाट गगनकुमार थापा र प्रकाशशरण महत, नेकपा (एमाले)बाट शङ्कर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र प्रकाश ज्वालालगायत सहभागी हुनुहुन्छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक ९, शनिबार २१:२५छठ पर्वअन्तर्गत पहिलो दिन नहाय खाय विधि सम्पन्न
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक ९, शनिबार २०:३३गायिका नितु पौडेललाई पशुपति आर्यघाटमा अन्तिम बिदाइ
समाचार२०८२ कार्तिक ९, शनिबार १५:१७एकैदिन मुस्ताङ भित्रिए करिब सात हजार पर्यटक
समाचार२०८२ कार्तिक ९, शनिबार १२:४१प्रधानमन्त्रीद्वारा गृहमन्त्री र सुरक्षा प्रमुखहरूसँग छलफल







