छठ पर्वअन्तर्गत पहिलो दिन नहाय खाय विधि सम्पन्न

धनुषा- मिथिलाञ्चनको महान चाड चार बदिवसयीय छठ पर्व अन्तर्गत आज शनिबार ‘नहाय खाय’ विधि सम्पन्न गरिएको छ ।
मधेस प्रदेश राजधानी जनकपुरधामस्थित विभिन्न ठाउँमा व्रतालु महिलाले सूर्यदेवको आराधना गर्दै जलासयमा नुहाएर चोखो पकवान ग्रहण गरी पवित्र नहाय खाय विधि गरेका सम्पन्न हुन् ।
यस विधिअन्तरगत व्रतालुले नदी, पोखरी वा धारामा स्नान गरी शुद्ध भई अरवा चामल र लौकाको तरकारीको प्रसाद ग्रहण गर्ने परम्परा रहेको व्रतालु क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कि गीतादेवी साहले बताउनुभयो ।
छठ पर्वको पहिलो दिन नहाय खाय सम्पन्न गरेपश्चात् व्रतालुले सूर्योपासना गर्दै चार दिनसम्मको कठिन व्रत सुरु गर्ने प्रचलन छ ।
चार दिवसीय छठअन्तर्गत कठोर व्रतको पहिलो दिन आज नाहाय खाय, दोश्रो दिन आइतबार खरना, तेश्रो दिन सोमबार उस्ताउँदो सूर्य र अन्तिम दिन मङ्गलबार उदाउँदो सूर्यलाई अर्घ दिने प्रचलन छ ।
तराई मधेसवासीको मुख्य चाड छठ पर्वलाई उत्साहका साथ मनाउनका लागि तयारी अन्तिम चरणमा रहेको स्थानीय पुनम झाले बताउनुभयो । पोखरी र घाटको सरसफाइ, सजावटलगायत अन्य व्यवस्थापनका काम तीव्र गतिमा भइरहेका उहाँले जानकारी दिनुभयो ।
यसैगरी स्थानीय बजारमा छठका लागि केरा, नरिवल, नवैधलगायत आवश्यक पूजा सामग्री खरिदका लागि निकै भीडभाड बढेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १, आईतवार १०:२३प्राविधिक परिवारलाई बोर्डद्वारा ५० हजार सहयोग
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:२२‘धन्यवाद शत्रु’ भन्दै आइन् लोकप्रिय गायिका अन्जु
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:१५तीनदिने भ्वाइस एक्टिङ तालिमका लागि भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित काठमाडौंमा








