नेपाल–भारत सहकार्यमा तयार गरिएको गीत ‘बेली चमेली’ सार्वजनिक

नेपाल–भारत सहकार्यमा तयार गरिएको गीत ‘बेली चमेली’ सार्वजनिक

काठमाडौँ । भारतमा छुट्टै पहिचान बनाइसकेको मशकबिन स्टुडियोको ब्यानरमा नेपाल–भारत सहकार्यमा तयार गरिएको “बेली चमेली” गीत सार्वजनिक गरिएको छ। गीतलाई नेपालमा सञ्चालन भइरहेको मशकबिन नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

भर्खरै नै ‘पुतली’ जस्ता चर्चित गीतमार्फत विशेष पहिचान बनाएका संगीतकार राजेन्द्र बजगाईकै शब्द र संगीत समेटिएको उक्त गीतले दोश्रो सहकार्यका रूपमा नेपाल–भारत दुवै बजारलाई लक्ष्य बनाइएको निर्माण टिमले जनाएको छ। यसअघि मशकबिनले तयार गरेका मेरा सैयाँ जी, राम दाईंका होटल, मास्टर जी लगायतका गीतले पनि नेपालमा राम्रो चर्चा बटुलेका थिए। गीतका प्रस्तुतकर्ता सुरेश जोशी हुन्।

गीतमा स्वाती भाटको मुख्य स्वर, बिनोद ढकालको र्‍याप तथा निशाद चन्द्राको संगीत संयोजन रहेको छ। गीतको मिक्स–मास्टरिङ् बलिउडका ख्यातिप्राप्त मिक्सिङ् इन्जिनियर मनीभनन आनन्दन (मुम्बई) ले गरेका हुन्।

भिडियोतर्फ, निर्देशन तथा कोरियोग्राफी कवीराज गहतराजको रहेको छ भने सह–कोरियोग्राफरमा दावा बल तामाङ छन्। अभिनयमा नेपाली स्टार पल शाह र भारतीय मोडेल/नायिका श्वेता महराको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ। उनीहरुलाई राज टाइगर, बिन्दु रसाइली, रेन्सिका खत्री र सुरक्षा तामाङले अभिनयमा साथ दिएका छन्। भिडियोको सम्पादन बन्दे प्रसाद, कलर रेनिस फागो, छायांकन सुदिप बराल एन्ड टिम र प्रोडक्सन अर्जुन पोखरेलको रहेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  चलचित्र‘बेहुली’ को छायाङ्कन सकियो | Celebrity Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   4   =