नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ- यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । नेप्से परिसूचक पाँच दशमलव १९ अङ्कले बढेर दुई हजार ५०९ दशमलव ०४ को बिन्दुमा कायम भएको हो ।
विभिन्न ३१३ कम्पनीका ५५ लाख ९६ हजार ७७ कित्ता शेयर २७ हजार ८९९ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू दुई अर्ब ६६ करोड १३ लाख दुई हजार २८४ मा खुम्चिएको नेप्सेले जनाएको छ । आजको कारोबारमा जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, व्यापार र अन्य समूहको उपसूचक बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
एसबिएल डिबेन्चर २०८९ को शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयर मूल्य सात दशमलव १६ प्रतिशतले घटेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन








