खेलकुदमन्त्री गुप्ताको पहिलो निर्णयः मन्त्रालय मातहतका सबै बैठकहरु लाइभ गरिने

काठमाडौं, ९ कात्तिक । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालय मातहतका सबै बैठकहरु लाइभ गर्ने निर्णय गरेका छन् । आज (आइतबार) मन्त्री नियुक्त भएका गुप्ताले पदभार ग्रहणपछि यस्तो निर्णय गरेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गुप्तालाई मन्त्री नियुक्त गरेका हुन् । सिरहाको लहान स्थायी घर भएका मन्त्री गुप्ता विगतदेखि नै सामाजिक कार्यहरुमा सक्रिय रहँदै आएका थिए । गत भदौ २३ र २४ को जेन–जी आन्दोलनमा पनि उनी अग्रपंक्तिमा रहेका थिए । प्रधानमन्त्री कार्की नेतृत्वको सरकारमा गुप्तामात्रै जेन–जी उमेर समूहका मन्त्री हुन् ।
मन्त्री गुप्ताले कोभिड–१९ को समयमा निशुल्क खाना खुवाउने अभियान चलाउनुका साथै, उनले ‘हन्ड्रेड ग्रुप’मार्फत विद्यार्थीलाई पढाउँदै आएका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:२२‘धन्यवाद शत्रु’ भन्दै आइन् लोकप्रिय गायिका अन्जु
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:१५तीनदिने भ्वाइस एक्टिङ तालिमका लागि भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित काठमाडौंमा
समाचार२०८२ फाल्गुन ३०, शनिबार २०:२२धादिङ अस्पतालमा ११ जना स्वास्थ्यकर्मी सम्मानित








