‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने स्वास्थ्यमन्त्री शर्माको निर्णय

काठमाडौँ, ९ कात्तिक । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै उनले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई मनोपरामर्श सेवा प्रदान गर्ने पहिलो निर्णय गरेको बताईन् ।
सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री डा.शर्माले खरिद प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी बनाउने र भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्धता जनाईन् । “जेनजी प्रदर्शन भ्रष्टाचारको अन्त्य र सुशासनका लागि भएको थियो । त्यसैले कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्,”– उनले भनिन् ।
मन्त्री डा.शर्माले देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखेको बताईन् । उनले जेनजी आन्दोलनमा सहिद भएका परिवारका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्नका लागि अर्थ मन्त्रालयसँग समन्वय गरेर बजेटको व्यवस्था र अन्य प्रक्रिया अगाडि बढाइने बताईन् ।
मन्त्री शर्माले वर्तमान सरकार नागरिक सरकार भएकाले यसको मूल्याङ्कन कामबाट मात्र हुने धारणा राखिन् । उनले पारिश्रमिकको विषयलाई लिएर आन्दोलनरत नर्सका समस्या समाधानका लागि पहल थाल्ने बताईन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक १०, आईतवार २२:३६जाँचबुझ आयोगविरुद्ध सर्वोच्चमा रिट
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक १०, आईतवार १८:२८‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने स्वास्थ्यमन्त्री शर्माको निर्णय
खेलकुद२०८२ कार्तिक १०, आईतवार १७:३८खेलकुदमन्त्री गुप्ताको पहिलो निर्णयः मन्त्रालय मातहतका सबै बैठकहरु लाइभ गरिने
खेलकुद२०८२ कार्तिक १०, आईतवार १५:४५क्रिकेटः अमेरिकाद्वारा नेपाल सामू २६३ रनको लक्ष्य प्रस्तुत








