‘परान’ बाबु छोराको सम्बन्धमा आधारित भावनात्मक पारिवारिक कथा हो: निर्माता रञ्जित आचार्य

‘परान’ बाबु छोराको सम्बन्धमा आधारित भावनात्मक पारिवारिक कथा हो: निर्माता रञ्जित आचार्य

काठमाडौँ । विज्ञापन क्षेत्रमा ३५ वर्षको अनुभव सँगालेका रञ्जित आचार्य अब फिल्म निर्माता बनेका छन् । उनले पहिलो निर्माण गरेको चलचित्र ‘परान’ आगामी शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । प्रिज्मा एड्भर्टाइजिङका सञ्चालक आचार्यले प्रतिष्ठित व्यवसायिक घराना गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छासँग सहकार्य गर्दै फिल्म निर्माण गरेका हुन् ।

आचार्यले आठ वर्षअघि ‘बाइसकोप सिनेमा’ स्थापना गरे पनि फिल्म बन्न ढिलो भएको बताए । उनका अनुसार ‘परान’ सिर्जनात्मक र व्यावसायिक दुवै उद्देश्यले बनाइएको हो “हाम्रो फिल्मले नेपाली मौलिकता बोस, पर्यटनलाई सघाओस् र मनोरञ्जनका साथ सन्देश पनि दिओस् भन्ने चाहना हो,” उनले भने ।

‘परान’ बाबुछोराको सम्बन्धमा आधारित भावनात्मक पारिवारिक कथा हो । निर्देशक दीपक आचार्यको यो पहिलो फिल्म भए पनि निर्माता रञ्जितलाई उनको प्रतिबद्धता र दृष्टिप्रति पूर्ण विश्वास छ । “कथा बलियो छ, सानातिना त्रुटि दर्शकले पचाउँछन्,” उनी भन्छन् ।

करीब चार करोड लागतमा बनेको फिल्मका सबै आर्थिक कारोबार पारदर्शी रूपमा गरिएको उनले बताए । “हामी सिनेमा कमाउने साधनका रूपमा होइन, व्यावसायिकता र सुशासन ल्याउने माध्यमका रूपमा देखिरहेका छौँ,” उनले जोड दिए ।

आचार्यले अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय तथा डिजिटल अधिकार बिक्री नगरेको बताए । “हामीलाई प्रोडक्टमाथि विश्वास छ । फिल्म हलमा प्रदर्शनपछि मात्रै राइट्स प्रिमियम मूल्यमा बेच्ने योजना छ,” उनले स्पष्ट पारे ।

उनका अनुसार ‘परान’ पछि दोस्रो प्रोजेक्टको स्क्रिप्टिङ सुरु भइसकेको छ, जसको कथा सह-निर्माता शेखर गोल्छाले लेखेका छन् । आचार्य भन्छन्, “हामी छोटो दूरीका लागि होइन, दीर्घकालीन योजनासहित आएका हौँ ।”

फिल्म बजार सानो भए पनि मौलिक कथा र व्यावसायिक दृष्टिकोणले नेपाली चलचित्रलाई अगाडि बढाउन सकिने उनको विश्वास छ — “भारतमा ‘कान्तारा’ बनेको जस्तो, नेपालमा पनि हाम्रो माटोका कथा भन्न सक्नुपर्छ,” उनले भने । ‘परान’ यही आत्मविश्वास र मौलिकताको प्रतीकका रूपमा कार्तिक १४ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   3   =  

Protected by Spam Master