निर्देशक जनकराज खकुरेललाई ‘ग्लोबल आइकन अवार्ड’द्वारा सम्मान

काठमाडौँ। नेपाली चलचित्र निर्देशक तथा लेखक जनकराज खकुरेललाई मलेसियाको क्वालालम्पुरस्थित लिंकन युनिभर्सिटी कलेजमा आयोजित अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार (IEA) २०२५ मा ‘ग्लोबल आइकन अवार्ड’ द्वारा सम्मानित गरिएको छ।
अप्टिमेज ग्लोबल (अष्ट्रेलिया/नेपाल) र एक्जिटो इभेन्ट्स (अष्ट्रेलिया) को संयुक्त आयोजनामा सम्पन्न उक्त समारोहले ११ देशका प्रतिनिधिहरूको सहभागितासहित विश्वव्यापी उत्कृष्टता, नेतृत्व र नवीनताको उत्सव मनाएको थियो।
‘द मार्शा आर्ट, संघर्ष, बल्लु भाइ, लिटिल जिन्दगी, सम्झिया पुग्छ, खुडकिलो, राम जानी, देश प्रेमी, द पोन्ड,’ र ‘अच्छोप’ जस्ता चर्चित चलचित्रका निर्देशक खकुरेललाई नेपाली चलचित्र क्षेत्रमा पुर्याएको असाधारण योगदान र चलचित्रमार्फत राष्ट्रिय पहिचान प्रवर्द्धनमा देखाएको रचनात्मक दृष्टिकोणका लागि सम्मान गरिएको हो।
पुरस्कार ग्रहण गर्दै खकुरेलले भने, “यो सम्मान नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रभावको मान्यता हो। यसले मलाई नेपालको आत्मालाई प्रतिबिम्बित गर्ने कथाहरू सुनाउन अझ प्रेरणा दिएको छ।”
कार्यक्रमको अध्यक्षता अप्टिमेज ग्लोबलकी सह–संस्थापक तथा निर्देशक सुश्री अनुजा आचार्यले गर्नुभएको थियो भने लिंकन युनिभर्सिटी कलेजका सीईओ दातो (अम्ब) डा. मोहम्मद युसुफ ए. बकर प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार २०२५ ले शिक्षा, उद्यमशीलता, नवीनता, सामाजिक सेवा र कलाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने ११ देशका २२ व्यक्तित्वलाई सम्मान गरेको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









