तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान

तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान

धादिङबेसी । मनाङस्थित विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको भनी चिनिएको  तिलिचो ताल घुम्न पुगेका धादिङका नौ जना आन्तरिक पर्यटक तीव्र हिमपातका कारण तिलिचो बेस क्याम्पमै फसेका छन् । फसेकाहरूमा ९ वर्षका एक बालकसहित अशोक कुमार बस्नेत र रेसु अधिकारीको समूह रहेका छन् ।

बुधबार साँझ करिब ५ बजेतिर सामाजिक सञ्जालमार्फत अशोक बस्नेतले मौसममा सुधार नआए उद्धारका लागि नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सी (TAAN) लगायतका सरोकारवाला निकायलाई  उद्धारका लागि आग्रह गरेका छन् ।

बस्नेतका अनुसार, मंगलबारदेखि तिलिचो क्षेत्रमा विद्युत्, टेलिफोन र इन्टरनेट सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो । “अचानक सामान्य नेट चलेपछि मात्र हामीले सामाजिक सञ्जालमार्फत उद्धारको अपिल गर्न सकेका हौं,” उनले भने । आज आसपासको डॅाडामा हिउॅ बगिरहेकोले हिॅड्न डराएको र ८–१० घण्टाको पैदल यात्रामा झण्डै ३ घण्टाको बाटो पहिरोको उच्च जोखिम रहेको बस्नेतले बताए ।

हाल उनीहरू “होटल तिलिचो बेस क्याम्प इन” मा सुरक्षित रहेका छन् । तर लगातारको हिमपात, चिसोको कठ्यांग्रिदो स्थिति, खाद्यान्नको अभाव र सञ्चार अवरोधका कारण अवस्था क्रमशः गम्भीर बन्दै गएको उनीहरूले बताएका छन् ।

तिलिचो क्षेत्रमा तीन दिनदेखि लगातार हिमपात भइरहेको छ, जसका कारण बाटोहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् र मनाङ तथा वरपरका क्षेत्रका पर्यटन गतिविधि ठप्प भएका छन् ।

उद्धार टोली र स्थानीय प्रशासनलाई तत्काल उद्धार कार्य अघि बढाउन आग्रह गरिएको छ । स्थानीयहरूका अनुसार, हिमपात अझै जारी रहेकाले ढिलाइ हुँदा पर्यटकहरूको स्वास्थ्यमा असर पर्न सक्ने चिन्ता बढेको छ ।

तिलिचो ताल, समुद्र सतहदेखि करिब ४,९१९ मिटरको उचाइमा अवस्थित, नेपालको आकर्षक गन्तव्यमध्ये एक हो,  तर अहिले त्यही सुन्दरतालाई हिमपातले संकटमा पारेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   8   =  

Protected by Spam Master