गाउँपालिकाद्वारा २ हजार परिवारको सहुलियतमा स्वास्थ्य बिमा

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिकाले करिब २ हजार घरपरिवारको सहुलियत दरमा स्वास्थ्य बिमा गरेको छ ।
पालिकाको वार्षिक नीति तथा बजेट अनुसार गत आ.व ०८१ / ०८२ तर्फ कुल एक हजार ९ सय २६ घरपरिवारको स्वास्थ्य बिमा भएको छ । चालु वर्ष पनि ती परिवारको बिमा नवीकरण हुने र अन्य परिवारलाई पनि बिमामा समेट्ने प्रयास भइरहेको गाउँपालिका स्वास्थ्य संयोजक ऋषिराम पौडेलले जानकारी दिनुभयो ।
बिमा अन्तर्गत गत आ.व ०८०।०८१ मा कुल एक हजार आठ सय ८२ तथा आ.व ०७९।०८० मा कुल एक हजार ६ सय ७४ घरपरिवार आबद्ध हुनहुन्थ्यो । गाउँपालिकाले सामान्य परिवारका लागि ५० प्रतिशत तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्दै आइरहेको छ ।
त्यसका लागि आ.व ०७९।०८० मा रु.३१ लाख ४० हजार ९ सय, ०८०।०८१ तर्फ रु.३५ लाख ८७ हजार १ सय ५० तथा अघिल्लो आ.ब मा रु.३८ लाख १६ हजार ७ सय ५० खर्च भएको छ । त्यसका साथै गाउँपालिकाले ०७९।०८० मा ५६ परिवार, ०८०।०८१ तर्फ ५० एवम् अघिल्लो वर्ष ८९ परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको थियो।
राष्ट्रिय जनगणना २०६८ अनुसार अन्नपूर्णभर कुल ६ हजार २९ तथा घरधुरी सर्वेक्षण २०७६ अनुसार कुल ६ हजार २ सय ४१ परिवार रहेको उल्लेख छ । त्यो सङ्ख्या बढेर अहिले ६ हजार ५ सय हाराहारी पुगेको अनुमान छ ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले गरिब जनतालाई स्वास्थ्यको पहुँचमा पु¥याउने उद्देश्यका साथ कार्यक्रम लागु गरिएको सुनाउनुभयो ।
सो गाउँपालिकाले व्यवस्थापकीय पक्ष मिलाएर ढिकुरपोखरी स्थित नवनिर्मित पालिका अस्पताल भवनबाट डाक्टर सहितको विशेषज्ञ सेवा दिने र सोही अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमलाई पनि जोड्ने प्रयास भइरहेको जनाएको छ ।
कुल ४१७.७४ वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण गाउँपालिकामा वि.स.२०७८ को जनगणना अनुसार कुल २२ हजार ९९ जन सङ्ख्या छ । दर्ता सहयोगी अभावका कारण पछिल्लो २ वर्षयता वडा नं. ११ मा भने सहुलियत बिमा कार्यक्रम लागु हुन सकेको छैन ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक १४, बिहीबार ०८:४१गाउँपालिकाद्वारा २ हजार परिवारको सहुलियतमा स्वास्थ्य बिमा
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक १४, बिहीबार ०८:०१‘परान’ : पितापुत्र सम्बन्धको गहिरो कथा
खेलकुद२०८२ कार्तिक १४, बिहीबार ०७:४७आज नेपाल यूएईसँग भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८२ कार्तिक १४, बिहीबार ०७:१६धादिङमा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा युवाहरुको उत्साहजनक सहभागिता







