‘हर्ष’ को नयाँ पोस्टर सार्वजनिक, खगेन्द्र र वर्षा पारिवारिक भावनामा

‘हर्ष’ को नयाँ पोस्टर सार्वजनिक, खगेन्द्र र वर्षा पारिवारिक भावनामा

काठमाडौँ । आगामी मंसिर १२ गते प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘हर्ष’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक पोस्टरमा मुख्य तीन पात्र खगेन्द्र लामिछाने, वर्षा राउत, र बालकलाकार साइमन वादीलाई प्रस्तुत गरिएको छ ।

पोस्टरमा खगेन्द्र र वर्षा छोरासँग हर्षित मुद्रामा देखिएका छन्, जसले सिनेमा पारिवारिक कथा केन्द्रित रहेको स्पष्ट संकेत गर्छ । सन्तानप्रतिको माया, अभिभावकत्वको संवेदना र त्यसले ल्याउने आनन्द यिनै भावनाले सिनेमाको कथा नजिकिने झल्को पोस्टरले दिन्छ ।

सिनेमाको निर्देशन एकता पौडेलले गरेकी हुन्, जो स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्ममेकिङ अध्ययन गरेकी पौडेलले आमसञ्चारमा स्नातक र व्यवस्थापन तथा नेतृत्वमा स्नातकोत्तर गरेकी छिन् । यसअघि उनले केही छोटा चलचित्र निर्माण गरेकी थिइन् । निर्देशक पौडेलका अनुसार, ‘हर्ष’ दर्शकका लागि “भावनात्मक तर हृदयस्पर्शी पारिवारिक यात्रा” हुनेछ ।

सिनेमामा खगेन्द्र, वर्षा र साइमनसँगै निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन र सिर्जना नापितको अभिनय देख्न सकिन्छ ।

‘हर्ष’मा आलोक शुक्लाको छायांकन, समीर रहिमाल, वसन्त सापकोटा र एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र एकता पौडेलको कोरियोग्राफी रहेको छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र प्राइम मुभिजको संयुक्त ब्यानरमा निर्माण भएको यस सिनेमाको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । प्रशन्न पौडेल र विकास पौडेल निर्माता हुन् भने हिक्मत चोखाल कार्यकारी निर्माता हुन् । इश्वर घिमिरे प्रोडक्सन म्यानेजर र कुलदीप शर्मा मुख्य सहायक निर्देशक हुन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   7   =  

Protected by Spam Master