रचना रिमालको स्वरमा ‘माया हुन्छ भनन’ सार्वजनिक

रचना रिमालको स्वरमा ‘माया हुन्छ भनन’ सार्वजनिक

काठमाडौं। लोकप्रिय गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘माया हुन्छ भन न’ सार्वजनिक भएको छ। गीतमा ज्ञानेन्द्र गडालको शब्द र शम्भुजीत बास्कोटाको संगीत रहेको छ।

एम.एस. प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको गीतको म्युजिक भिडियो काजी टेक कटुवालले निर्माण गरेका हुन्। भिडियोमा श्रीकृष्ण निरौला र मेनुका माझीले अभिनय गरेका छन् । मेनुका मैथली / भोजपुरी गितकी चर्चित मोडल एवम अभिनेत्री समेत हुन भने श्रीकृष्ण निरौलाले सिटामोल नामक चलचित्रमा शसक्त अभिनय गरेका छन्। दुवैले भिडियोमा राम्रो काम गरेको देखिन्छ ।

प्रेम, मिलन र बिछोडको भावनात्मक कथालाई समेटिएको भिडियो दिनेश पराजुलीले छायांकन र कपलेश विश्वकर्माले सम्पादन गरेका हुन्।

गीत सार्वजनिक भएयता दर्शक र श्रोताबाट उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ। गीत मेनुका माझीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  चलचित्र पत्रकारिता दिवस मनाइयो, सम्मान तथा पुरस्कार प्रदान गर्दै २७औँ वार्षिकोत्सव सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   1   =