कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)

धादिङ,१७ कार्तिक
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा गल्छी गाउँपालिका वडा नम्बर २ स्थित कल्लेरी माध्यमिक विद्यालयका विद्यार्थीलाई ट्याक सुट र टि–सर्ट वितरण गरिएको छ। आज(सोमबार) विद्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरेर विद्यार्थीहरुलाई ट्याक सुट र टि–सर्ट वितरण गरिएको कार्यक्रम संयोजक तथा अन्तराष्ट्रिय धादिङ समाजका उपाध्यक्ष बद्री खतिवडाले जानकारी दिनुभयो । जनजातीको बाहुल्यता रहेका उक्त विद्यालयमा अमेरीकामा रहेका धादिङ्ेलीहरुको सहयोगमा १ सय ३३ जनालाई कपडा वितरण गरिएको बताउनुभयो ।

धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष टक बहादुर रुवालीको अनुसार कल्लेरी मावि सहित अन्य जिल्लाका अन्य विद्यालयमा यसै बर्ष न्यानो कपडा वितरण गरिने बताउनुभयो । अमेरीकामा दैउसी भैलो लगायत रकम संकलन गरेर जिल्लाका आर्थिक अवस्था कमजोर भएका,बेनिघाटको चेपाङ बस्ती र दलित तथा जनजातीको बसोबास भएको स्थानमा कपडा वितण गरिने बताउनुभयो।

विदेशमा रहेका धादिङबासीले जिल्लाका न्युन आर्थिक अवस्था भएका विद्यार्थीलाई सहयोग पु¥याउने उद्देश्यले सो सामग्री वितरण गरिएको धादिङ नेपाली समाज अमेरिकाका महासचिव राम मल्ल ठकुरीले बताउनुभयो । अन्तर्राष्ट्रिय धादिङ समाजका उपाध्यक्ष बद्री खतिवडाको संयोजकत्वमा कार्यक्रम आयोजना गरिएको हो। धादिङ नेपाली समाज अमेरिका अध्यक्ष टकबहादुर रुवालीले विदेशमा रहँदै विभिन्न सामाजिक कार्य गर्दै आइरहनुभएको छ ।

कल्लेरी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल बहादुर तुलाधरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिकाका उपाध्यक्ष भाईकाजी तिवारीको विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष षडानन्द खनाल,जनप्रतिनिधि,विद्यालयका प्रधानाध्यापक पुनेश खतिवडा,समाजका प्रतिनिधिहरु जीवन सुनाई मगर,माधम प्रसाद खतिवडा,विकाश गरम्जा मगर लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथी तथा विशेष अतिथीहरुले सहयोग दाताहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि दातृ निकायसँग समन्वय गरेर गाउँपालिका काम गर्न तयार रहेको प्रतिबद्धता जनाउनु भएको थियो ।यसैगरी धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ स्थित चुलीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरीएको छ । गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले १२५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।


लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र







