टर्कीमा नेपाललाई प्रतिनिधित्व गर्दै सानदार प्रस्तुति दिए युवा गिटार वादक समिपले

टर्कीमा नेपाललाई प्रतिनिधित्व गर्दै सानदार प्रस्तुति दिए युवा गिटार वादक समिपले

काठमाडौँ। नेपालका प्रतिभाशाली गिटार वादक समिप न्याैपानेले टर्कीमा आयोजित ‘गोल्डेन किड्स इन्टरनेशनल’ कार्यक्रममा सहभागी हुँदै आफ्नो उत्कृष्ट प्रस्तुति मार्फत नेपाललाई गौरवान्वित बनाएका छन्।

नेशनल डायरेक्टर प्रमिला सिलवालको प्रतिनिधित्वमा सहभागी न्याैपानेले नेपालीपन झल्किने गिटार धुन प्रस्तुत गर्दा आयोजक, निर्णायक र दर्शक सबै मन्त्रमुग्ध बने। निर्णायकहरूले उनको ताल, धुन र आत्मविश्वासको प्रशंसा गर्दै उनलाई “भविष्यको अन्तर्राष्ट्रिय कलाकार”को रूपमा सम्बोधन गरे।

सानै उमेरदेखि संगीतप्रति रुचि राख्ने समिपले निरन्तर अभ्यास र लगनका कारण छोटै समयमा दक्ष गिटार वादकको पहिचान स्थापित गरेका छन्। परिवारको साथ र प्रोत्साहनले उनलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याएको हो।

आयोजकहरूले भने, “समिपले आफ्नो देशको पहिचानलाई मौलिक ढङ्गले प्रस्तुत गरे, उनको अनुशासन र लगन प्रेरणादायी छ।”

समिपले भने, “टर्कीमा गएर नेपाललाई प्रतिनिधित्व गर्नु मेरो लागि गर्वको कुरा हो। म अझ सिक्दै नेपाली संगीतलाई विश्वभर पुर्‍याउन चाहन्छु।”

उनको यो उपलब्धिले नेपालमा बाल प्रतिभा प्रोत्साहनका अभियानलाई थप उर्जा दिएको छ। समिप न्याैपानेले प्रमाणित गरेका छन्, समर्पण र मिहिनेतले नेपाली प्रतिभा विश्वमञ्चमा उज्यालो बन्न सक्छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  ‘गौँथली’ को पोस्टरमा अरुण र सिम्रनको विवाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   3   =  

Protected by Spam Master