एमालेमा फर्कन चाहने समाजवादीका नेतालाई एमाले धादिङले स्वागत गर्ने

एमालेमा फर्कन चाहने समाजवादीका नेतालाई एमाले धादिङले स्वागत गर्ने

धादिङ,१९ कार्तिक
नेकपा एमाले धादिङको सचिवालय बैठकले समाजवादी छोडेर एमाले फर्कने नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्ने निर्णय गरेको छ । नेकपा समाजवादी पार्टीले माओवादीसँग एकता गर्ने निर्णय गरेपछि एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले समाजवादी पार्टीका नेताहरूलाई एमालेमै फर्कन आव्हान गर्नुभएको हो ।

पार्टी निर्माणमा योगदान गरेका नेताहरूलाई सम्मानका साथ जिम्मेवारी दिने प्रतिवद्धता एमालेले गरेको छ । नेकपा एमाले धादिङका केन्द्रीय सदस्य खेम लोहनीको प्रमुख आतिथ्यमा भएको एमाले सचिवालय बैठकले समाजवादी पार्टीका नेताहरूलाई एमालेमै फर्कन र जिम्मेवारी पूर्वक काम गर्न एमालेले आग्रह गरेको छ ।यसै बिच नेकपा एमाले धादिङको सचिवालय बैठकले पनि महाधिवेशनको तयारीका लागि छलफल गरेको छ । बैठकले महाधिवेशनको कार्यतालिका, प्रतिनिधि चयनको आधार लगायतका विषयमा निर्णय लिने जनाइएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   10   =  

Protected by Spam Master