फुटबलका लागि ‘रेफ्री’ र ‘कोच’ उत्पादन गर्न प्रशिक्षण

कञ्चनपुर, २० कात्तिक । जिल्लाको दोधारा चाँदनीमा फुटबल ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण सुरु भएको छ । कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोग एवं अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को प्राविधिक सहयोगमा प्रशिक्षण सुरु भएको हो ।
जिल्ला फुटबल सङ्घका अध्यक्ष गणेशबहादुर चन्दले देशभरि फुटबल प्रतियोगिता बढेपछि रेफ्री र कोचको अभावलाई मध्यनजर गरी प्रशिक्षण सञ्चालन गरिएको बताए । उनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशबाट ३४ प्रशिक्षार्थी सहभागी भएका छन् । मङ्गलबारदेखि सुरु भएको एक साताको प्रशिक्षणमा सैद्धान्तिक र प्रयोगात्मक दुवै विधिबाट प्रशिक्षण हुनेछ ।
पछिल्लो समय स्थानीयस्तरमा हुने फुटबल प्रतियोगितामा रेफ्री र कोचको अभाव हुन थालेपछि अन्यत्रबाट मगाउनुपर्ने बाध्यता रहेकाले प्रशिक्षणका लागि सहकार्य गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले बताए । “यहाँ धेरै फुटबल प्रतियोगिता धेरै तर रेफ्री बाहिरबाट ल्याउनुपर्ने अवस्था आएपछि कार्यपालिकाबाट निर्णय गरेर प्रशिक्षणमा सहयोग गरेका हौँ, यसले रेफ्री र कोच उत्पादनमा सहयोग पुग्ने विश्वास लिएका छौँ”, उनले भने ।
खेलकुद विकास समिति कञ्चनपुरका सदस्य विकास महताले स्थानीयस्तरमा फुटबलको ‘क्रेज’ बढ्दै गएको र प्रशिक्षणले फुटबल खेलको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताए । “मुलुकभरि नै रेफ्रीको अभाव छ । प्रतियोगिता बढेका छन् । यो प्रशिक्षण फुटबलको विकासमा टेवा पुग्छ”, उनले भने, “रेफ्री र कोचको अभाव पूर्ति गर्नका लागि तीनै तहका सरकारले सहयोग गर्नु आवश्यक छ ।”
अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा) का पूर्वसहायक रेफ्री रोजन श्रेष्ठले प्रशिक्षण दिइराख्नुभएको छ । प्रशिक्षणमा १८ देखि ३५ वर्षसम्मका खेलाडी र पूर्वखेलाडी सहभागी छन् ।लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २२, शुक्रबार ०१:११‘जारी २’ र ‘मन बिनाको धन’ आजबाट प्रदर्शनमा
समाचार२०८२ कार्तिक २१, बिहीबार २१:४४कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनबारे निरन्तर छलफल
समाचार२०८२ कार्तिक २१, बिहीबार १६:४६देशभर एकैसाथ भिटामिन ए र जुकाको औषधि खुवाउने क्रम भोलि पनि
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक २१, बिहीबार १४:३६नर्स र स्वास्थ्यमर्कीहरु कात्तिक २२ गतेदेखि सशक्त आन्दोलनमा जाने








