आज र भोली धादिङ सहित देशभर भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईदै

आज र भोली धादिङ सहित देशभर भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईदै

धादिङबेशी । आज र भोली देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रत्येक वर्ष दुई चरणमा सञ्चालन गर्दै आएको यस कार्यक्रमको पहिलो चरण वैशाख ६ र ७ गते र दोस्रो चरण कात्तिक २ र ३ गते सञ्चालन हुने परम्परा थियो । तर यस वर्ष सो मितिमा दिपावलीको लक्ष्मीपूजा पर्न गएकाले, मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको हो ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार देशभरका ७५३ स्थानीय तहमा सञ्चालन हुने दुईदिने अभियानमा करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको छ ।

यस अभियानका लागि करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने जनाइएको छ । ६ महिना देखि ११ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइने छ ।

अघिल्लो चरणमा भिटामिन ‘ए’ क्याप्सुल सेवन दर ९० प्रतिशत र जुकाको औषधि सेवन दर ८७ प्रतिशत पुगेको जानकारी पनि दिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   6   =  

Protected by Spam Master