संसद विघटन संविधान विपरीत: अध्यक्ष ओली

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानको पालना गरी सोही अनुसार अभ्यास गर्नु लोकतान्त्रिक पद्दति भएको बताउनुभएको छ ।
एमालेको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागद्वारा आज यहाँ आयोजित विद्वत्वर्गसँगको अन्तरसंवादमा अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि आवश्यकताको सिद्धान्तका नाममा सरकार गठन हुनु र संसद् विघठन हुन संविधानविपरीत भएको जिकिर गर्नुभयो ।
“पूर्वप्रधानन्यायाधीश राष्ट्रिय मानव अधिकार आयोगमा बाहेक अन्य कार्यकारी भूमिकामा आउनु असंवैधानिक हो भन्ने हाम्रो पार्टीको स्पष्ट मान्यता छ”, उहाँले भन्नुभयो, “विधिवत् जनादेशलाई मिचेर संविधानविपरीत स्वेच्छाचारी ढङ्गले सरकार चल्न सक्दैन ।”
प्रतिनिधिसभा पुनःस्थापना गरेर मुलुकलाई निकास दिनुपर्ने अध्यक्ष ओलीको भनाइ थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २२, शुक्रबार १६:२५चितवनबाट सुरु भयो ‘राम नाम सत्य’को छायांकन
समाचार२०८२ कार्तिक २२, शुक्रबार १६:१६संसद विघटन संविधान विपरीत: अध्यक्ष ओली
समाचार२०८२ कार्तिक २२, शुक्रबार १४:२९रामकोटको मण्डलीदेवी मन्दिरमा २३ गते पञ्चमी मेला लाग्दै
खेलकुद२०८२ कार्तिक २२, शुक्रबार ११:५५हङकङ सिक्सेसः नेपाल अफगानिस्तानसँग पराजित







